Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी लघुवित्तको नाफा ८० लाख १० हजार रुपैयाँले ऋणात्मक

एनएमबी लघुवित्तको नाफा ८० लाख १० हजार रुपैयाँले ऋणात्मक


काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ८० लाख १० हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा तीन करोड २४ लाख ६० हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ६५ करोड ५८ लाख ६३ हजार रुपैंैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा एक अर्ब ८५ करोड ८९ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ६४ करोड ९६ लाख २२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड ६४ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ५५ लाख ४६ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात पाँच दशमलव ६८ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ७८ करोड ५७ लाख ४७ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ३७ करोड ८० लाख ७६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड १५ लाख नौं हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड एक लाख ३७ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ३७ प्रतिशत रहेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x