नाडेप लघुवित्त वित्तीय संस्थाको नाफा एक करोड २२ लाख
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड २२ लाख ४६ हजार आठ सय ५५ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाले ९३ लाख ४० हजार नौं सय ३२ रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो ।
हाल चुक्ता पुँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा एक अर्ब ८० करोड ५७ लाख एक हजार एक सय ३२ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ३० करोड ९० लाख चार सय ५३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड १४ लाख दुई हजार ४० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ५९ करोड १५ लाख ५९ हजार आठ सय ५२ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ६८ करोड ५१ लाख ४७ हजार दुई सय नौ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड ८५ लाख ७५ हजार चार सय १६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन
- सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा अनिवार्य टिकटको व्यवस्था
- धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति
- त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
- अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक
- दिल्लीकी मुख्यमन्त्री आतिशीले केजरीवालको कुर्सी खाली राखिन्
- ईभीमा अमेरिकी अनुदानबारे डब्लूटीओले अनुसन्धान गर्ने
- दिसानायकाले लिए राष्ट्रपतिको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया