इरानमा बालबालिकाको मृत्युप्रति युनिसेफको चिन्ता
तेहरान । इरानमा जारी विरोध प्रदर्शनका क्रममा बालबालिकाको मृत्यु भएको विषयलाई लिएर संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
इरानमा जारी विरोधक्रममा ५० जना बालबालिकाले ज्यान गुमाएका युनिसेफद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । इरानमा दुई महिनाभन्दा बढी समयदेखि जारी अशान्तिप्रति युनिसेफ, एम्नेस्टी इन्टरनेशनल र अन्य मानवअधिकारवादी संघसंस्थाले बालबालिकाविरुद्धको अपराध र मानवअधिकार उल्लंघनमा कारबाही गर्न माग गरेका छन् ।
इरानमा बालबालिकाको हत्या भएको, विभिन्न घटनामा उनीहरू घाइते भएका तथा कुनै गम्भीर कसुरमा दोषी नहुँदा पनि हिरासतमा लिइएकामा युनिसेफ गहिरो चिन्ता व्यक्त गरेको छ । गत बुधवार सात जना बालबालिका मारिएका थिए । मारिनेमा एक जना १० वर्षका बालक रहेका बताइएको छ ।
आफ्ना मातापितासँग कारमा यात्रा गरिरहेको ती बालकको गोली हानी हत्या गरिएको थियो । उनका बुबा गोली लागेर घाइते भएका उनकी आमाले सञ्चारमाध्यमलाई बताएकी जनाइएको छ । इरानी मानव अधिकार समूहकाअनुसार प्रदर्शन सुरु भएदेखि कम्तीमा तीन सय ७८ जना मारिएका छन् । रासस/एएनआई
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन
- सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा अनिवार्य टिकटको व्यवस्था
- धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति
- त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
- अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक
- दिल्लीकी मुख्यमन्त्री आतिशीले केजरीवालको कुर्सी खाली राखिन्
- ईभीमा अमेरिकी अनुदानबारे डब्लूटीओले अनुसन्धान गर्ने
- दिसानायकाले लिए राष्ट्रपतिको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया