Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलले सुरु ग-यो नयाँ प्रिपेड प्लान

एनसेलले सुरु ग-यो नयाँ प्रिपेड प्लान


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ प्रिपेड प्लानहरु ल्याएको छ । ग्राहकहरुले आफ्नो दूरसञ्चार सेवाको आवश्यकताअनुसार सरल र सहज रुपमा यी प्लानहरु सुचारु गर्न सक्छन् ।

नयाँ प्रिपेड प्लानअन्तर्गत तीनवटा स्टार्टर प्याकहरु सजिलो, सहयात्री प्लान र सही यो प्लान अपडेट गरिएका छन् । यी प्याकहरु आइतबारदेखि सञ्चालनमा आएका हुन् । ग्राहकले सजिलोको करसहित ९७ रुपैयाँ, सहयात्री प्लानको ९८ रुपैयाँ र सही यो प्लान ९९ रुपैयाँमा लिन सक्छन् । स्टार्टर प्याकअन्तर्गत सिम कार्ड खरिद गर्दा ग्राहकले स्वतः रुपमा सजिलो प्लान प्राप्त गर्दछन् । यसमा १० रुपैयाँ मेन ब्यालेन्स, ६० एमबी डेटा, ४० मिनेट अन नेट कल र सात दिनको समयसीमा रहेको २० वटा अन नेट एसएमएस रहेको हुन्छ । त्यस्तै यो प्याक लिने ग्राहकले अन नेट भ्वाइस कलअन्तर्गत करसहित १.६२ रुपैयाँ प्रतिमिनेटमा कल, एक रुपैयाँमा पे एज यू गो डेटा र कुनै पनि नेटवर्कमा एसएमएस करबाहेक एक रुपैयाँमा पठाउन सक्छन् ।

वैदेशिक रोजगारीमा जाने योजनामा रहेका व्यक्ति तथा परिवारका सदस्यहरुका लागि सहयात्री प्लान रहेको छ । यो प्लानअन्तर्गत ग्राहकले १० रुपैयाँ मेन ब्यालेन्स, १०० एमबी डेटा, सात दिनको समयसीमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्छन् । यसका साथै सहयात्री प्लान लिने ग्राहकले भारतमा पहिलो तीन मिनेटको कलपछि १० प्रतिशत छुटमा कल गर्ने सुविधा प्राप्त गर्दछन् । सहयात्री प्लानअन्तर्गत ग्राहकले बीप सेवाको पनि फाइदा लिन सक्छन् । यस सेवाअन्तर्गत ग्राहकले आफ्नो मेन ब्यालेन्स शून्य भए पनि आफूले सम्पर्क गर्न खोजेको नम्बरमा मिस्ड कल गर्न सक्छन् । यसका साथै यो सिम लिने ग्राहकले विभिन्न आठ राष्ट्रमा अन्तर्राष्ट्रिय कलमा पहिलो एक मिनेटपछि छुट प्राप्त गर्न सक्छन् ।

त्यस्तै अर्को स्टार्टर प्याक हो युवा वर्गलाई लक्षित सही यो प्लान । यो प्लानअन्तर्गत ग्राहकले इन्स्टाग्राम प्रयोग गर्न ३० दिन समयसीमा रहेको एक जीबी डेटा, १० मिनेट मेन ब्यालेन्स, सय एमबी डेटा, १० मिनेट अन नेट कल र सात दिनको समयसीमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्छन् । यसका साथै, यी सबै स्टार्टर प्याकहरुमा पहिलो रिचार्ज अफर पनि रहेको छ । यो योजनाअन्तर्गत सिम कार्ड सुचारु भएको अर्को दिनको मध्यरातिसम्म दुई सय रुपैयाँ र सोभन्दा माथि रिचार्ज गर्ने ग्राहकले रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्न सक्छन् । प्राप्त बोनस पे एज यू गोअन्तर्गत भ्वाइस, डेटा र एसएमएस सेवाको लागि प्रयोग गर्न सकिन्छ । बोनस रकम तीन दिनको लागि मान्य रहन्छ ।

यस्तै नेपाल घुम्न आउने पर्यटकहरुका लागि पनि एनसेलले एक सय रुपैयाँ, पाँच सय रुपैयाँ र एक हजार रुपैयाँका तीन प्लानहरु प्रदान गर्दै आएको छ । एक सय रुपैयाँको प्लानमा ग्राहकले दुई सय एमबी डेटा, १० मिनेट (लोकल कल) प्राप्त गर्छन् । पाँच सय रुपैयाँको प्लानमा पर्यटकले ५० रुपैयाँ मेन ब्यालेन्स, ५० मिनेट लोकल कल र सात दिनको समयसीमा रहेको १० जीबी डेटा प्राप्त गर्न सक्छन् । त्यस्तै एक हजार रुपैयाँको प्लानअन्तर्गत नेपाल भ्रमणमा रहेका पर्यटकले ५० रुपैयाँ मेन ब्यालेन्स, सय मिनेट लोकल कल र २८ दिनको समयसीमा रहेको २५ जीबी डेटाबाट फाइदा लिन सक्छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x