Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१४ वर्षमा वैदेशिक रोजगारीमा १० हजार नौ सय ३२ श्रमिकको मृत्यु

१४ वर्षमा वैदेशिक रोजगारीमा १० हजार नौ सय ३२ श्रमिकको मृत्यु


काठमाडौं । हाल कतारले विश्वकप २०२२ सञ्चालन गरिरहँदा आप्रवासी श्रमिकको मृत्युलाई लिएर प्रशस्त प्रश्नहरु उठरिहे । विश्वकप २०२२ को सञ्चालक कतार भइरहँदा आप्रवासी श्रमिकको सुरक्षा र सेवा सुविधालाई लिएर कतार सरकारले गैरजिम्मेवारी भएको भन्दै स्वयं विश्वकपमा सहभागी खेलाडीहरुले समेत त्यसको विरोध जनाए ।

हाल सञ्चालन भइरहेको कतार विश्वकपका लागि आवश्यक पूर्वाधार निर्माणको क्रममा नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका धेरैजसो श्रमिकले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । त्यसैले गर्दा नेपाली श्रमिकका लागि कतार सुरक्षित रोजगार गन्तव्य मुलुक बन्नसकेको छैन । कतारमा मात्रै पछिल्लो एक दशकमा एक हजार आठ सय जनाभन्दा बढी नेपाली श्रमिकले ज्यान गुमाएका छन् ।

यता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतारमा वर्षेनी कार्यस्थलसँग सम्बन्धित घटनामा एक सयदेखि एक सय ५० जना नेपाली श्रमिकको मृत्यु हुने गरेको छ । जुन नेपालभन्दा बढी हो । यति हुँदाहुँदै पनि विश्वकप पूर्वाधार तथा अन्यत्र काम गरिरहेका नेपाली श्रमिकको मृत्युको विषयमा नेपाल सरकारले कुनै प्रश्न उठाएको छैन ।

कतार मात्र नभई नेपाली श्रमिकको गन्तव्य मुलुकको रुपमा रहेको खाडीका छ राष्ट्र कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, ओमान, बहराइन, कुवेत र मलेसिया रहेको पाइन्छ । पछिल्ला वर्षहरुमा सरकारी तथ्यांक हेर्दा पनि खाडी र मलेसियामा धेरै नेपाली श्रमिकको मृत्यु भएको सहजै पाउन सक्छौँ ।

यसैबीच असुरक्षित र बाध्यात्मक रोजगारीको उपमा पाएको वैदेशिक रोजगारीको क्रममा पछिल्ला १४ वर्षमा १० हजार नौ सय ३२ जना श्रमिकको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । कति महिला र पुरुष भन्ने विषय भने सार्वजनिक गरिएको छैन । हरेक वर्ष मृत्युदर बढ्दै गएको कारण मृतकको संख्या बढेको देखिन्छ । सरकारी तथ्यांकअनुरुप आर्थिक वर्ष २०६५÷०६६ मा ७८ जना नेपाली श्रमिकको मृत्यु हुँदा सो संख्या गत वर्ष भने एक हजार चार सय ७९ जना रहेको छ ।

तथ्यांकलाई हेर्दा १३ वर्षको अन्तरालमा वैदेशिक रोजगारीमा हुने नेपाली श्रमिकको मृत्युदर शतप्रतिशतभन्दा बढी छ । संसारमा जुनसुकै नराम्रा प्रवृत्तिलाई कम गर्दै लैजाने अभ्यास छ तर वैदेशिक रोजगारीमा नेपाली श्रमिकको मृत्युदरलाई लिएर भने नेपाल सरकार र गन्तव्य मुलुकले त्यसलाई कम गर्दै लगेको पाइँदैन । झन् बढुवा दिएको भान हुन्छ । यसको निराकरण गर्न ढिला भइसकेको छ भने यसको निराकरणको लागि भने स्वयं नेपाल सरकार, गन्तव्य मुलुकका सरकार तथा राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसकारी संस्थाजस्तो अन्तर्राष्ट्रिय मानवअधिकार आयोग, एम्नेस्टी, अन्तर्राष्ट्रिय श्रम संगठनलगायतका संस्थाहरुले यसलाई रोक्नुका लागि पहलकदमी लिनु आवश्यक छ ।

सरकारी तथ्यांकअनुरुप आर्थिक वर्ष २०७१/०७२ मा एक हजार छ जना, आर्थिक वर्ष २०७२/०७३ मा आठ सय २६ जना, आर्थिक वर्ष २०७३/०७४ मा सात सय ५८ जना, आर्थिक वर्ष २०७४/०७५ मा आठ सय २६ जना, आर्थिक वर्ष २०७५/०७६ मा सात सय ६३ जना, आर्थिक वर्ष २०७६/०७७ मा छ सय ७२ जना र आर्थिक वर्ष २०७७/०७८ मा एक हजार दुई सय ४३ जना नेपाली श्रमिकले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका छन् । यसैबीच १४ वर्षको अवधिमा दुई हजार एक सय २५ जना नेपाली श्रमिकले वैदेशिक रोजगारीको क्रममा अंगभंग हुनपुगेका छन् । विशेष गरी सुरक्षित कार्यस्थल नहुँदा र मर्यादित श्रम नहुँदा नेपाली श्रमिकहरु दुर्घटनामा पर्ने तथा ज्यानै जाने जोखिम रहेको छ ।

यसैबीच विश्वकप २०२२ सञ्चालन गरिरहेको कतारलाई भने मानवअधिकार संस्था, एम्नेष्टीले विश्कपका लागि आवश्यक पर्ने रंगशाला, मेट्रो रेल, होटल, सडक निर्माण गर्ने क्रममा ज्यान गुमाएका र घाइते भएका कामदारले पाउनुपर्ने ज्याला र क्षतिपूर्ति रकम भुक्तानी गर्न आग्रह गरेको थियो । कतारले भने आप्रवासी श्रमिकको ठूलो संख्यामा ज्यान नगएको दाबी गर्दै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x