Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअर्थतन्त्रलाई मजवुत बनाउन निर्यात प्रवर्द्धनमा जोड

अर्थतन्त्रलाई मजवुत बनाउन निर्यात प्रवर्द्धनमा जोड


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रलाई मजबुत बनाउनको लागि निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने बताएका छन् । नेपाल–इन्डिया बीएफएसआई पार्टनरसीप समिट कार्यक्रममा उनले नेपाल र भारतमा समेत छोटो समय देखिएको तरलता अभाव पनि चाँडै नै समाधान हुने बताए ।

त्यसैगरी दुवै देशबीच रेमिट्यान्सलाई फर्मलच्यानलबाट आदानप्रदान गर्नको लागि जोड दिन आग्रह समेत उनले आग्रह गरे । विगत ३ महिनामा निर्यात वृद्धि भएकोले भुक्तानी सन्तुलन सकारात्मक रहेको उनको भनाइ थियो । बैंकिङ, फाइनान्स एन्ड इन्स्योरेन्स इन्टिच्युट अफ नेपाल र इन्डिया–नेपाल सेन्टर, पीएचडी चेम्बर अफ कमर्स भारतको सहकार्यमा शुक्रबार आयोजित समिटमा नेपाल र भारत दुई देशबीचका बैंक तथा वित्तीय संस्थाहरूबीच के–कस्ता कार्यहरूमा सहभागिता गर्न सकिन्छ, दुई देशबीच लगानी, रेमिट्यान्स, व्यापार, बैंकिङ विषयहरूमा के–कस्ता समस्याहरू छन् र ती समस्याहरू निवारण गर्नका लागि के–कस्ता नीतिगत सुधारको आवश्यकता पर्दछ भन्ने विषयहरू छलफल भएको थियो ।

कार्यक्रममा दुई देशबीच बैंक, वित्तिय संस्था र इन्स्योरेन्स क्षेत्रका रेगुलेटरी र कमर्सियल नीतिहरू थप प्रभावकारी बनाउनको लागि नेपाल दुई देशका विज्ञहरूले आ–आफ्नो धारणा राखेका थिए । यस्तै कार्यक्रममा नेपाल र भारतबीच बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स क्षेत्रमा सम्भावित सहकार्य, हाइड्रो प्रोजेक्ट र कृषिमा लगानीलगायतका सम्बन्धमा छलफल भएको थियो । बैंक तथा वित्तीय क्षेत्रमा भारतमा भएको इनोभेसन र रिफर्म, बैंक तथा वित्तीय क्षेत्रमा भारतले गरेको प्रगति र अनुभवबाट नेपालले टेक्नोलोजी टान्सफर, लगानी प्रवद्र्धन र सहकार्यका सम्बन्धमा हाल भइरहेको लगानी र थप लगानीका क्षेत्रहरू र नीतिगत सुधारका सम्बन्धलगायतका बारेमा पनि सहभागीहरूले धारणा राखेका थिए । यस्तै कार्यक्रममा नेपालमा लगानीका अवसर, विद्यमान नीतिगत व्यवस्थाहरू, समस्याहरू र बैंक तथा वित्तीय संस्था र नियामक निकायको सम्बन्धका बारेमा पनि चर्चा भएको थियो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x