Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय सहकारी बैंकले यही पुुस १६ गते १९औँ वार्षिक साधारणसभा गर्ने

राष्ट्रिय सहकारी बैंकले यही पुुस १६ गते १९औँ वार्षिक साधारणसभा गर्ने


काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले यही पुस १६ गते आफ्नो १९औँ वार्षिक साधारणसभा गर्ने भएको छ । शुक्रबार बसेको बैंक सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विज्ञ समूह र उपसमितिको संयुक्त बैठकले पुस १६ गते शनिबार एकाइगतरूपमा गर्ने निर्णय भएको बैंकका अध्यक्ष केबी उप्रेतीले बताए । साधारणसभा सातवटै प्रदेशहरूमा सहकारी संघ/संस्थाका प्रतिनिधिहरूको भौतिक उपस्थितिमा एकैदिन सम्बन्धित प्रदेशहरूमा गर्ने अध्यक्ष उप्रेतीले जानकारी दिए । ‘गतवर्षको साधारणसभा सातै प्रदेशहरूमा फरक–फरक दिनमा गरेका थियौँ, यो पटक नयाँ अभ्यासका रूपमा एकैदिन गर्न लागेकोले धेरैभन्दा धेरै प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरेका छौं’, अध्यक्ष उप्रेतीले भने । बिहान भर्चुअलरूपमा साधारणसभाको सुरुवात गर्ने, प्रदेशस्तरीय एकाइ सभामा उपस्थित सम्बन्धित प्रदेशका प्रतिनिधिहरूले प्रस्तावहरू पारित गरेपछि निर्वाचन कार्यक्रम अगाडि बढाइने अध्यक्ष उप्रेतीले जानकारी दिए ।

प्रदेश नं. १ को विरानगर, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा साधारणसभा गरिने भएको छ । साधारण सभाको एकाइ बैठकका प्रतिनिधिहरूको निर्णय प्रमाणित गर्ने सभा (केन्द्रीय) पुस १८ गते काठमाडौंमा गर्ने निर्णय भएको छ ।

No description available.

सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचनसहितको साधारणसभामा सञ्चालक समितिको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७८/०८७९ को लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७९/०८० को प्रस्तावित बजेट तथा कार्यक्रम प्रस्तुत हुने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले बताए । उनका अनुसार साधारणसभामा लाभांश वितरण, विभिन्न कार्यविधिहरू संशोधन, विनियम संशोधन, कार्यसूचीमा थप भएका प्रस्ताव, आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने, नियमनकारी निकायको निर्देशनको जानकारी र साधारणसभाको एकाइ बैठकको निर्णय प्रमाणित गर्ने प्रतिनिधि तथा साधारणसभा (केन्द्र) को निर्णय प्रमाणित गर्ने एकाइ प्रतिनिधिहरूको छनोट गर्नेलगायतका विषय रहेका छन् । साधारणसभामा २०७९ मंसिर ८ गतेसम्म सदस्यता लिएका १५ हजार सात सय २६ सदस्य सहकारी संघ/संस्थाका एक एक जना प्रतिनिधिहरूले मात्र सहभागिता जनाउन पाउनेछन् ।

साधारणसभामा सदस्य संघ/संस्थाहरूको अधिकतम सहभागिताको अपेक्षा गर्दै साधारणसभामा उपस्थित प्रतिनिधिहरूले दिने सल्लाह/सुझाव बैंकको वार्षिक गतिविधि तथा कार्यसम्पादनमा मार्ग दर्शनकोरूपमा रहने भएकोले प्रदेशअन्तर्गतका एकाइ बैठकहरूमा सक्रिय उपस्थित भई सल्लाह/सुझावसहित साधारणसभालाई पूर्ण सफल बनाउनको लागि सम्बन्धित सहकारी संघ/संस्था तथा सरोकारवाला निकायहरूलाई समेत बैंकले अनुरोध गरेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x