Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजागुआर ल्यान्ड रोभरले बेलायती फ्याक्ट्रीमा उत्पादन घटाउने

जागुआर ल्यान्ड रोभरले बेलायती फ्याक्ट्रीमा उत्पादन घटाउने


लण्डन । जागुआर ल्यान्ड रोभरले बेलायती कारखानामा उत्पादन घटाउने भएको छ । चिप अभावका कारण जागआरले यस्तो निर्णय गरेको बताइएको छ । आगामी स्प्रिङ (वसन्त) ऋतुसम्म उत्पादन कटौती गर्ने कम्पनीले जनाएको छ ।

यसले जागुआर एफ–पेस र ल्यान्ड रोभर डिस्कभरी स्पोर्ट मोडललाई असर गर्नेछ । यो बेला जेएलआरले कम्पनीलाई नाफा दिने मोडल रेन्ज रोभरलगायतमा बढी केन्द्रित हुने जनाएको छ । पछिल्ला महिनाहरुमा यी कारहरु उत्पादन बढाइएको थियो । जेएलआरका स्लोभाकियाको नित्रामा रहेको कारखानामा भने उत्पादन कटौती गरिएको छैन ।

आधुनिक कारहरु कम्प्युटर चिपमा आश्रित हुन थालेका छन् । यात्रा प्रणालीका धेरै कुरा नियन्त्रण गर्न चिपको आवश्यकता पर्छ । जस्तो कि एन्टिलक ब्रेकिङ, कार्बन उत्सर्जन नियन्त्रणदेखि स्याटेलाइट नेभिगेसन र इन कार इन्टरटेनमेन्टलगायतका लागि चिपको बढी प्रयोग हुन्छ । कोभिड महामारीका बेला पूर्वी एसियाबाट चिप आपूर्ति ठप्पप्रायः भएको थियो । त्योसँगै कारबजारमा चिपको हाहाकार भएको थियो । बेलायती कारखानाबाट अक्टोबरमा ६९ हजार पाँच सय २४ कार उतपादन भएको थियो जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.४ प्रतिशतले बढी हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x