Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकको जुम्ला शाखा आफ्नै भवनमा स्थानान्तरण

सिटिजन्स बैंकको जुम्ला शाखा आफ्नै भवनमा स्थानान्तरण


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जुम्लामा आफ्नै भवनबाट बैंकिंङ सेवा सञ्चालनमा ल्याएको छ । मंसिर ११ गते आइतबार उक्त भवनमा पूजा पाठ गरी बैंकिङ कारोबार सञ्चालन गरिएको बैंकले जानकारी दिएको छ ।

हाल कर्णाली प्रदेश, जुम्ला जिल्ला चन्दननाथ ५ मा सञ्चालनमा रहेको यस बैंकको जुम्ला शाखा कार्यालय स्थानान्तरण भई आन्दाजी एक सय मिटर दूरीमा रहेको सोही वडामा अवस्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा यस बैंकले नौवटा शाखा कार्यालयहरूमार्फत वित्तीय सेवाहरू प्रदान गर्दै आइरहहेको छ ।

यस शाखामार्फत ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीहरूमाझ वित्तीय पहुँच पु-याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरूलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ८० वटा शाखा, एक सय ३३ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब १५ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको जानकारी दिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x