Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंकको शाखा रूपन्देहीको चौराहामा

नेपाल बैंकको शाखा रूपन्देहीको चौराहामा


काठमाडौं । नेपाल बैंक लिमिटेडले लुम्बिनी प्रदेशको रूपन्देही जिल्लाको चौराहामा शाखा स्थापना गरी सेवा विस्तार गरेको छ । बैंकले शुक्रबार बुटवल उपमहानगरपालिका–९ चौराहाबाट औपचारिकरूपमा सेवा सुरु गरेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद ज्ञवाली र बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेयले संयुक्तरूपमा शाखाको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रतिस्पर्धात्मक बैंकिङ बजारमा चुस्त दुरुस्त सेवासहित आफ्नो उपस्थिति बढाउन बैंकले शाखा विस्तारलाई जोड दिएको अध्यक्ष गंगाप्रसाद ज्ञवालीले बताए ।

बैंकको हाल नेपालभर दुई सय २६ वटा शाखा कार्यालय र एक सय ९९ वटा एटीएम शाखा छ । बैंकले ५० वटा एक्सटेन्सन काउन्टरमार्फत देशभरका २३ लाख ग्राहकलाई सेवा दिँदै आएको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x