Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१५ अंकले बजार घट्दा एक अर्ब ४९ करोड ४३ लाखको सेयर खरिद बिक्री

१५ अंकले बजार घट्दा एक अर्ब ४९ करोड ४३ लाखको सेयर खरिद बिक्री


काठमाडौं । चालु आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा पश्चात सेयरबजार उकालो लाग्न सक्ने आमलगानीकर्ताहरुको अपेक्षा बिपरित सेयर परिसुचक ओरालो लागेको छ ।

अघिल्लो दिन त्रैमासिक समिक्षा सार्वजनिक हुनुभन्दा केही घण्टा अघिसम्म उच्चरुपमा बढेको सेयर बजार परिसुचक एवं कारोबार रकम त्रैमासिक समिक्षा सार्वजनिक भएपछिको पहिलो दिन अर्थात आज सोमबार उच्च अंकले ओरालो लागेको छ । अघिल्लो दिन ३२ दशमलव ४३ अंकले उकालो लागेर दुई अर्ब दुई करोड रुपैंयाँको सेयर किनबेच भएको छ । तर सोमबार भने बजार परिसुचक १५ दशमलव ६१ अंकले ओरालो लागेर १९ सय ५० दशमलव ३७ बिन्दुमा झरेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ६५ बिन्दुले ओरालो लागेर तीन सय ८२ दशमलव ६१ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३६ वटा कम्पनीहरुको २४ हजार नौं सय ५१ पटक सेयर किनबेच भएको छ । जसबाट आज ३७ लाख ६१ हजार दुई सय ९९ कित्ता सेयर खरिद बिक्री भएको छ । सोही खरिद बिक्रीका आधारमा यसदिन कुल कारोबार रकम एक अर्ब ४९ करोड ४३ लाख ९४ हजार छ सय १३ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सामुहिक लगानी कोष र ट्रेडिङ उपसमुहको सुचक उकालो लागेर बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x