Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्र बैंकद्वारा पुुनः १६ अर्ब ६३ करोड रुपैयाँको ट्रेजरी बिक्री

राष्ट्र बैंकद्वारा पुुनः १६ अर्ब ६३ करोड रुपैयाँको ट्रेजरी बिक्री


काठमाडौं । नेपाल राष्ट्र बैंकले मंसिर १२ गते अर्थात् सोमबार पुनः १६ अर्ब ६३ करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपराह्न २ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरिएको हो । यसअघि यही मंसिर १ गते पनि राष्ट्र बैंकले १४ अर्ब ७० करोड २३ लाख रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

राष्ट्र बैंकका अनुसार जारी मंसिर १३ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिएका थिए । बिक्री गरिएको उक्त ट्रेजरीहरु क्रमशः ९१ दिने अवधिको तीन अर्ब १३ करोड, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको सात अर्ब ५० करोड रुपैयाँबराबरको रहेको छ । जसमध्ये ९१ दिनेको २०७९ फागुन १६ गते, एक सय ८२ दिने अवधिको २०८० जेठ २ गते र तीन सय ६४ दिने अवधिको २०८० मंसिर १२ गते परिपक्व हुने अवधि तोकिएको छ । राष्ट्र बैंकका अनुसार सो दिन बिक्री भएका ती ट्रेजरी बिलहरुमा सात अर्ब ५० करोड रुपैयाँबराबरको नयाँ रहेको छ भने बाँकी तीन अर्ब १३ करोड र छ अर्ब रुपैयाँ बराबरको भने पुरानो नवीकरणअन्तर्गतको रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x