Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोभिड लकडाउनको चीनभर विरोध प्रदर्शन

कोभिड लकडाउनको चीनभर विरोध प्रदर्शन


बेइजिङ । चीनको शांघाई र अन्य ठूला सहरमा कोभिड १९ नियन्त्रणका लागि लगाइएको लकडाउनको विरोधमा प्रदर्शन भएको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार विश्वविद्यालय, क्याम्पसलगायतमा समेत चीन सरकारको शून्य कोभिड नीतिको खुलेर विरोध भएको हो ।

खुल्ला रुपमा विरोध प्रदर्शन हुनुलाई चीनमा विरलै मानिन्छ । सी चिनफिङले राष्ट्रपतीय तेस्रो कार्यकाल सुरु गरेको एक महिना नबित्दै देशका धेरै भागमा सरकारी नीतिको खुलेर विरोध प्रदर्शन भएको हो । गत बिहीबार सिन्जियाङको राजधानी उरुम्कीमा आवासीय भवनमा आगलागी भएको थियो । त्यो घटनामा १० जनाको मृत्यु र ९ जना घाइते भएका थिए । त्यसपछि विरोध प्रदर्शन सुरु भएको थियो ।

कोभिड कडाइको कारण धेरै घाइतेलाई अस्पताल पु-याउन र भवन छाड्न नदिइएको भन्दै विरोध भएको हो । त्यसको अर्को दिन सयौँ आवासीय मानिसहरुले उरुम्कीका सडकमा लकडाउन अन्त्य गर्न माग गरेका थिए । लकडाउनको कदमले ४० लाख मानिसलाई सय दिनसम्म आफ्नो घर छाड्न रोक लगाएको छ । शनिबार सिन्जियाङका सरकारी अधिकारीहरुले चरणबद्ध रुपमा कोभिड लकडाउन हटाउने बताए पनि विरोध प्रदर्शन रोक्न नसकेको बताइएको छ । खासगरी युवा विद्यार्थीमाझ आक्रोश बढिरहेको छ ।

चिनियाँ राजधानी सहर बेइजिङमा समेत मानिसहरु भेला भएर स्थानीय सरकारी अधिकारीसँग आमनेसामने भएका छन् । बेइजिङ, सियान, नान्जिङ, चोन्किङ, छेन्दु, वुहान र अन्य सहरका विश्वविद्यालयमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । सामाजिक सञ्जालमा समेत विरोध प्रदर्शनका भिडिओहरु भाइरल भएको बताइएको छ   ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x