Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशद्वारा विलासिताका सामानको आयातमा रोक

बंगलादेशद्वारा विलासिताका सामानको आयातमा रोक


ढाका । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले विदेशी मुद्राको घट्दो सञ्चितिलाई संरक्षण गर्न विलासी वस्तुको आयातमा रोक लगाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छिन् ।

यद्यपि उनले थप अत्यावश्यक वस्तुआयात गर्नुपर्नेमा भने जोड दिएकी छिन् । बंगलादेशको राजधानी ढाकामा आइतबार भएको सचिवस्तरीय बैठकमा उनले सो निर्देशन दिएकी हुन् । बैठकपछि बंगलादेशी मन्त्रीपरिषद्का सचिव खान्दकर अनवारुल इस्लामले प्रधानमन्त्रीको निर्देशनबारे पत्रकारलाई जानकारी गराएकी थिइन् ।

प्रधानमन्त्री हसिनाले देशको वाणिज्य मन्त्रालयलाई ४० वटा विलासिताका सामानको आयातलाई निरुत्साहित गर्न र विदेशी मुद्रा बजारमा डलरको तरलता सुधार गर्न आयात शुल्क बढाउन आग्रह गरेकी थिइन् । बंगलादेशको विदेशी मुद्रा सञ्चिति नोभेम्बर २३ मा ३४.१० अर्ब अमेरिकी डलर पुगेको छ, जुन नोभेम्बर १७ मा ३४.३० अर्ब अमेरिकी डलरबाट कम भएको बंगलादेश बैंक (बीबी) को पछिल्लो तथ्यांकले देखाएको छ ।

यस पृष्ठभूमिमा, बंगलादेशको केन्द्रीय बैंकले अमेरिकी डलरको तुलनामा बंगलादेशी मुद्रा टाकाको विनिमय दर परिवर्तन गर्ने विचार गरिरहेको छ । यसको अर्थ आर्थिक वर्षको अन्त्यसम्ममा अमेरिकी डलरको कारोबार विद्यमान एक अमेरिकी डलर बराबर ९८ टाकाबाट कारोबार १०० टाकामा पुग्नेछ । समष्टिगत आर्थिक स्थायित्वका लागि गम्भीर खतरा उत्पन्न हुने चुनौतीको सामना गर्न बंगलादेश सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लगायत विश्वका ऋणदाताहरुसँग ऋणका लागि सम्पर्क गरिसकेको छ ।

आईएमएफले बहुप्रतिक्षित ४.५ अर्ब अमेरिकी डलर को ऋण सहायता जारी गर्न मार्ग प्रशस्त गर्न बंगलादेशसँग कर्मचारीस्तरको सम्झौता भएको पुष्टि गरेको छ । प्रधानमन्त्री हसिनाले गत महिना बंगलादेशमा रहेका सबैलाई सम्भावित विश्वव्यापी अनिकाल वा खाद्य सफ्टबाट देशलाई जोगाउन खाली सबै जमिनमा खेती गर्न र थप खाद्यान्न उत्पादन गर्न एकसाथ काम गर्न आग्रह गरेकी थिइन् । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x