Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेपाल चाइना चेम्बर गण्डकी प्रदेश अध्यक्षमा पौडेल

नेपाल चाइना चेम्बर गण्डकी प्रदेश अध्यक्षमा पौडेल


काठमाडौं । नेपाल चीन उद्योग वाणिज्य संघ (नेपाल चाइना चेम्बर)को गण्डकी प्रदेश अध्यक्षमा व्यवसायी वैभव पौडेल मनोनीत भएका छन् । संघको विधानअनुसार गण्डकी प्रदेश अध्यक्षमा पौडेललाई मनोनीत गरिएको अध्यक्ष त्रिभुवनधर तुलाधरले जानकारी दिए ।

पर्यटन व्यवसायी पौडेल नेपाल युवा उद्यमी मञ्चका पूर्वअध्यक्ष हुन् । उनी होटल बाराही, बाराही हस्पिटालिटी, बिच बार एन्ड लज, ब्यञ्जन रेष्टुरेन्ट, बाराही जंगल लज, बब्स जिमलगायत विभिन्न व्यवसायका सञ्चालक हुन् । पर्यटन र सेवा क्षेत्रमा डेढ दशकको अनुभव रहेका पौडेल रेबान, हान, स्विमिङ एसोसिएसन लगायतका संघ/संस्थामा उत्तिकै सक्रिय छन् । पोखरालगायत गण्डकी प्रदेशमा फैलिँदो चिनियाँ लगानी तथा चिनियाँ पर्यटकको चापलाई दृष्टिगत गर्दै नेपाल चीन उद्योग वाणिज्य संघले पहिलो प्रादेशिक च्याप्टर यसै क्षेत्रमा गठन गरेको हो ।

संघका अध्यक्ष तुलाधरले नेपाल र चीनबीच आर्थिक सामाजिक सम्बन्ध विस्तार गर्ने तथा व्यापार र लगानी सहजीकरण गर्ने संघको मूल उद्देश्य परिपूर्तिका लागि युवा व्यवसायी पौडेलको अध्यक्षतामा रहेको गण्डकी प्रदेश समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

प्रदेश अध्यक्ष पौडेलले संघले प्रदान गरेको जिम्मेवारी निर्वाह गर्दै गण्डकी प्रदेशमा चिनियाँ लगानी आकर्षित गर्ने तथा चिनियाँ पर्यटकको हब बनाउनेतर्फ आफू केन्द्रित रहने प्रतिबद्धता जनाएका छन् । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x