कोरोना रोक्न दोलखामा पनि ‘आइसोलेसन’ कक्ष
दोलखा, फागुन २५
छिमेकी देश चीनबाट फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिम र अलग्गै उपचारको लागि सदरमुकाम चरीकोटमा १० शय्या क्षमताको कोरोना आइसोलेसन (एकान्त) कक्ष निर्माण गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा स्वास्थ्यकर्मी, भीमेश्वर नगरपालिका सम्मिलित जिल्ला सुरक्षा समितिको बैठकले तत्कालीन महिला तथा बालबालिका कार्यालय रहेको भवनमा १० शय्या क्षमताको कोरोना उपचार कक्ष निर्माण गर्ने निर्णय गरेको हो । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस संक्रमणको उच्च जोखिममा राखेसँगै चीनसँग सीमा जोडिएको दोलखा जिल्लाले पनि अलग्गै उपचारका लागि आइसोलेसन कक्षको व्यवस्था मिलाएको हो । चरीकोट प्राथमिक स्वास्थ्य केन्द्रनजिकै प्रयोगविहीन अवस्थामा रहेको तत्कालीन महिला तथा बालबालिका कार्यालयलाई आइसोलेसनको रुपमा प्रयोग गरिने दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।
भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले वर्तमान परिस्थितिलाई मध्यनजर गरेर प्रयोगविहीन अवस्थाको सो भवनलाई अलग्गै उपचारको व्यवस्थाको लागि प्रयोग गर्न सहमति दिइएको बताए । आइसोलेसन कक्षको लागि बेड, स्वास्थ्यकर्मी, औषधि र उपकरणको व्यवस्थापन चरीकोट अस्पतालले गर्ने प्रजिअ शर्माले जानकारी दिए । साथै प्रशासनले शुक्रबार एक सूचना जारी गरी सम्पूर्ण दोलखाली नागरिकहरुलाई सचेत रहन समेत अनुरोध गरेको छ । साथै प्रशासनले अर्को निर्णय नभएसम्मका लागि सामूहिक रुपमा भेला, मेला, महोत्सव, सभा, सम्मेलन तथा होलीलगायतका पर्व आयोजना नगर्न अनुरोध समेत गरेको छ ।गत महिना देखा परेको कोरोना भाइरसको संक्रमणका कारण विश्वका ८४ देशमा कोरोना भाइरस फैलिएको छ । दोलखा पनि संक्रमण राष्ट्रको सिमानामा रहेको जिल्ला भएकाले संक्रमण हुनुअगाडि नै सो भाइरस रोकथाममा लागी तयारी थालेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । हालसम्म ८४ देशका करिब एक लाखभन्दा बढी नागरिकलाई कोरोनाभाइरसले प्रभावित बनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- विराटनगर भन्सारले गर्यो पूर्णकृष्ण ट्रेडर्सको सबै कारोबार रोक्का
- निर्यात अनुदान कार्यविधि संशोधन हुँदै
- छायादेवी सेन्टरको जग्गा विवाद २४ गते टुुङ्गिँदै
- धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ
- बैंकहरुले घटाउँदै लगे विपन्न वर्ग कर्जा
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया