Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार९५ करोड ७० लाखको मात्र सेयर खरिदबिक्री

९५ करोड ७० लाखको मात्र सेयर खरिदबिक्री


काठमाडौं । अघिल्लो दिन घटेको सेयरबजार परिसूचक मंगलबार उकालो लागेको छ । अघिल्लो दिन १५ दशमलव ६१ अंकले ओरालो लागेर एक अर्ब ४९ करोड रुपैयाँबराबरको सेयर कारोबार भएकोमा साताको तेस्रो कारोबार दिन मंगलबार भने बजार परिसूचक दुई दशमलव ९९ अंकले उकालो लागेर १९ सय ५३ दशमलव ३५ विन्दुमा चढेको छ । यद्यपि यो दिन एक अर्ब रुपैयाँको पनि कारोबार भएन ।

मंगलबार क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव शून्य आठ अंकले उकालो लागेर तीन सय ८२ दशमलव ६९ विन्दुमा चढेको छ । यस दिन १३ वटा उपसमूहहरुअन्तर्गत दुई सय ३४ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । जसबाट १९ हजार ३६ पटकको कारोबारमा २५ लाख ८९ हजार नौ सय ९७ कित्ता सेयर किनबेच भएको छ । सोही किनबेचका आधारमा यस दिन कुल सेयर कारोबार रकम ९५ करोड ७० लाख ६० हजार दुई सय २५ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यस दिन कारोबार भएका कुल उपसमूहहरुमध्ये छवटा उपसमूहहरुको सूचक ओरालो लागेर सातवटा उपसमूहहरुको सूचक उकालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक शून्य दशमलव ९७ अंकले ओरालो लागेर १३ सय ६६ दशमलव ५७ विन्दुमा झरेकोमा निर्जीवन बीमा उपसमूहको सूचक पनि १४ दशमलव ६० अंकले ओरालो लागेर सात हजार छ सय ७२ दशमलव एक विन्दुमा झरेको छ । यसैगरी होटल तथा पर्यटन उपसमूहको सूचक पनि पाँच दशमलव १३ अंकले ओरालो लागेर २७ सय १२ दशमलव ६९ विन्दुमा झरेकोमा लगानी, उत्पादनमूलक र ट्रेडिङ उपसमूहहरुको सूचक पनि क्रमशः शून्य दशमलव शून्य सात, एक दशमलव २९ र १४ दशमलव ९० विन्दुले ओरालो लागेका छन् ।

विकास बैंक उपसमूहको सूचक भने यस दिन २८ दशमलव १५ अंकले उकालो लागेर तीन हजार चार सय ९४ दशमलव १३ विन्दुमा चढेकोमा जलविद्युत् उपसमूहको सूचक पनि दुई दशमलव ५० अंकले उकालो लागेर दुई हजार ३१ दशमलव ८६ विन्दुमा चढेको छ । यसैगरी फाइनान्स उपसमूहको सूचक पनि १९ दशमलव ५८ अंकले उकालो लागेर १६ सय ३७ दशमलव ५७ विन्दुमा चढेकोमा जीवन बीमा उपसमूहको सूचक पनि ३० दशमलव ८९ अंकले उकालो लागेर नौ हजार एक सय ४७ दशमलव ८० विन्दुमा चढेको पुगेको छ । यीबाहेक लघुवित्त, सामूहिक लगानी कोष र लगानी उपसमूहहरुको सूचक पनि क्रमशः २५ दशमलव ३०, शून्य दशमलव शून्य चार र छ दशमलव ९५ विन्दुले उकालो लागेका छन् ।

यस दिन कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य छ दशमलव १० प्रतिशतले बढेर दुई सय ६६ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सेयर मूल्य पनि पाँच दशमलव पाँच प्रतिशतले बढेर एक सय ८७ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक एनआईसी एसिया सेलेक्ट फण्ड, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी आदिको सेयर मूल्य पनि उकालो लागेका छन् ।

गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको एनआईसी एसिया ब्यालेन्स फण्डको प्रतियुनिट सेयर मूल्य चार दशमलव ६० प्रतिशतले घटेर आठ रुपैयाँ ५१ पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को प्रतियुनिट सेयर मूल्य पनि तीन दशमलव ६८ प्रतिशतले घटेर सात रुपैयाँ ८६ पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक नेपाल एसबीआई बैंक, सिद्धार्थ इन्स्योरेन्स कम्पनी आदिको सेयर मूल्य पनि ओरालो लागेका छन् ।

यस दिन हिमालयन डिष्टिलरी प्रालिको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता तीन हजार नौ सय ७० रुपैयाँ अन्तिम मूल्यमा नौ करोड ७२ लाख ७५ हजार तीन सय ८० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नबिल बैंकको पनि आठ सय ७७ रुपैयाँ अन्तिम मूल्यमा चार करोड ३१ लाख ६१ हजार आठ सय ९२ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक शिवम् सिमेन्ट, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x