Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअफगानिस्तानले पायो थप चार करोड डलर सहायता

अफगानिस्तानले पायो थप चार करोड डलर सहायता


काबुल । अफगानिस्तानले मानवीय नगद सहायताका रूपमा थप ४० मिलियन (चार करोड) अमेरिकी डलर प्राप्त गरेको छ । काबुलस्थित केन्द्रीय बैंक दा अफगानिस्तान बैंकले मंगलबार उक्त सहयोग राशी पाएको हो ।

नगदमा मानवीय सहायता पठाएकोमा अन्तर्राष्ट्रिय समुदायको प्रशंसा गर्दै बैंकले विज्ञप्तिमा बैंकिङ प्रणालीमार्फत थप नगद सहायता पठाउन आह्वान गरेको छ । यस्तै विगतका दुई सातामा काबुलले ४० मिलियन डलरको नगद सहायता प्राप्त गरेको थियो ।

युद्धग्रस्त अफगानिस्तानले विदेशी मुद्रा सञ्चितिलाई गत वर्षको तुलनामा १.५ अर्ब डलरभन्दा बढी पु-याएको छ । रासस/सिन्ह्वा


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x