वर्ल्डलिंकद्वारा ७ ग्राहकलाई स्मार्ट टिभी उपहार
काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले देशभरबाट छनोटमा परेका सात जना ग्राहकलाई ४३ इन्चको स्मार्ट टेलिभिजन उपहार दिएको छ । कम्पनीले आफ्नो सेवा सुरु गरेको २७ वर्षमा सात लाख ग्राहक बनाउन सफल भएको अवसरमा पारी सात जना ग्राहकलाई टेलिभिजन कोसेली दिएको हो ।
एक लाखदेखि सातौँ लाख ग्राहक नम्बर भएका ग्राहकलाई कोसेली प्रदान गरेको कम्पनीले जनाएको छ । टेलिभिजन कोसेली पाउनेमा मकवानपुर हेटौँडाका निरज बराइली, झापा बिर्तामोडकी मनिसा राई, बुटवलका विजय थापा, सुर्खेतका शिवराम रोकाया, भक्तपुर गठ्ठाघरका भीमबहादुर कुमाल, राष्ट्र बैंक चोकका रविन थापा र बालाजुका हुमनाथ अधिकारी छन् ।
सन् १९९५ बाट सेवा सुरु गरेको वल्र्डलिंकले २७ वर्षमा गत नोभेम्बर १४ मा ग्राहकको संख्या सात लाख पु-याएको हो । सबैभन्दा बढी ग्राहक कोभिड–१९ महामारीपछि थपिएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस
- दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
- चाडपर्व र चिनी
- बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
- सहकारी ठगीमा पक्राउभन्दा फरार बढी
- विदेशमा रहेका नेपालीलाई स्वदेशमा अवसर सिर्जना गर्न प्रधानमन्त्री ओलीको आग्रह
- वाणिज्य बैंकहरूको ऋण ‘पोर्टफोलियो’मा आईएमएफको अविश्वास
- बालेनको चाल काठमाडौं महानगरका लागि शुभ सङ्केत हुन सक्दैन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया