Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न


काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिम प्रदेशको अछाममा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको अछाम कार्यालयमा आबद्ध करिब एक सय ३५ जना अभिकर्ताहरूको सहभागीता रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरूमा आबद्ध भई बीमा व्यवसाय गर्दै आएका अभिकर्ताहरूलाई अभिकर्ता पेसामा व्यवसायिक बनाउँदै उनीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसाय समेत प्रवर्द्धन गर्दै लैजाने नीतिअनुरूप कम्पनीले यसप्रकारको कार्यक्रम आयोजना गरिएको बताए । साथै उनले अधिकृत खत्रीले बीमा ऐन २०७९ का आधारभूत विषयवस्तुको बारेमा पनि संक्षिप्तरूपमा प्रकश पारेका थिए । कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले सहभागी अभिकर्ताहरूलाई बीमा विक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा उत्कृष्ट व्यवसाय गरी अछाम शाखाबाट चेयरपर्सन क्लबमा छनोट भएका अभिकर्ताहरूलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मानपत्रबाट सम्मान गरेका थिए । उक्त कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले कम्पनीले तयार गरेको वार्षिक तथा मासिक स्किमहरूको बारेमा जानकारी गराउका थिए भने कम्पनीको अछाम शाखा प्रमुख दिपक खड्काले सहभागीहरूलाई धन्यवादज्ञापन गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x