Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसोलुका १४ उम्मेदवारको जमानत (धरौटी) जफत

सोलुका १४ उम्मेदवारको जमानत (धरौटी) जफत


सोलु । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सोलुखुम्बुका १४ जना उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ । मतपेटिकामा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका प्रतिनिधिसभातर्फका छ जना र प्रदेशसभातर्फका आठ जना उम्मेदवारको जमानत (धरौटी) जफत भएको हो ।

धरौटी जफत हुनेमा प्रतिनिधिसभा तर्फका उम्मेदवारहरू जनता समाजवादी पार्टी (जसपा) नेपालका ल्हाक्पा शेर्पा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानेन्द्र बहादुर बस्नेत, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का तारानाथ कट्टेल, नेकपा मालेका विष्णु प्रसाद बास्तोला, मंगोल नेशनल अर्गनाइजेसनका सौविर राई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका लामु शेर्पा रहेका छन् । यस्तै प्रदेशसभा १ तर्फका उम्मेदवारहरू जसपाका भक्त बहादुर राई, राप्रपाका नर बहादुर बस्नेत, मंगोल नेशनल अर्गनाइजेसनका खेम कुमार राई र नेमकिपाका चेतनाथ खनाल रहेका छन् । प्रदेशसभा २ तर्फका उम्मेदवारहरू जसपाका महेश कुमार राना मगर, राप्रपाका प्रेमहरी दहाल, मंगोल नेशनल अर्गनाइजेसनका शान्ती माया राना मगर र नेमकिपाका कमल बहादुर मगरको जमानत (धरौटी) रकम जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने क्रममा प्रतिनिधिसभा सदस्यको जनही १० हजार र प्रदेशसभा सदस्यको जनही पाँच हजार जमानत वा धरौटी राख्नुपर्ने व्यवस्था छ । तर उक्त धरौटी रकम फिर्ता हुन खसेको सदर मतको १० प्रतिशत कटाउनुपर्ने प्रावधान छ ।

प्रतिनिधिसभातर्फ कुल खसेको ४० हजार ७३ मतमध्ये ३७ हजार आठ सय १० मत सदर रहेको थियो । यस्तै प्रदेशसभा १ तर्फ २० हजार छ सय ४० मत खसेकोमा १९ हजार चार सय ७४ मत र प्रदेशसभा २ मा १९ हजार चार सय ३३ मत खसेकोमा १८ हजार पाँच सय ७२ मत सदर रहेको थियो । जमानत जोगाउन प्रतिनिधिसभा तर्फका उम्मेदवारले तीन हजार सात सय ८१ मत, प्रदेशसभा १ का उम्मेदवारले एक हजार नौ सय ४७ मत र प्रदेशसभा २ का उम्मेदवारले एक हजार आठ सय ५७ मत कटाउनुपर्ने थियो । तर जिल्लामा प्रतिनिनिधिसभातर्फ विजेता नेकपा एमालेका मानवीर राई र उपविजेता नेपाली कांग्रेसका बल बहादुर केसीले मात्रै जमानत जोगाएका छन् ।

यस्तै प्रदेशसभा १ तर्फ विजेता माओवादी केन्द्रका गोम्बु शेर्पा (कज्र्याङ) र उपविजेता नेकपा एमालेका उत्तम कुमार बस्नेतले जमानत जोगाएका छन् भने प्रदेशसभा २ तर्फ पनि विजेता एमालेका बुद्धि कुमार राजभण्डारी र उपविजेता माओवादी केन्द्रका शिव बहादुर बस्नेत (राजेन्द्र)ले मात्रै जमानत जोगाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x