Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमोरङ व्यापार संघद्वारा विद्यालयलाई सहयोग

मोरङ व्यापार संघद्वारा विद्यालयलाई सहयोग


विराटनगर, फागुन २५

मोरङ व्यापार संघले विराटनगरमा सञ्चालित आधारभूत विद्यालयलको व्यवस्थापन समितिलाई विद्यार्थीको प्रयोगका लागि भन्दै डेक्स, बेन्च हस्तान्तरण गरेको छ । संघले संस्थागत सामाजिक उत्तरदायित्व बोध गरी शिक्षित समाज निर्माणमा सहयोग पु¥याउने उद्देश्यले विराटनगर ६ स्थित आधारभूत विद्यालयलाई डेक्स, बेन्च उपलब्ध गराएको बताएको छ ।

डेक्स बेन्चले उक्त शिक्षालयमा अध्ययनरत बालबालिकालाई पठनपाठनमा सहज भई शिक्षाप्रतिको अभिरुचिमा थप वृद्धि हुने विश्वास मोरङ व्यापार संघको छ । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले मोरङ व्यापार संघको सहयोगमा उपलब्ध गराएको डेस्क बेञ्चले विद्यालयमा अध्ययनरत बालबालिकालाई पठनपाठनमा सहज हुने बताउँदै बालबालिकालाई शिक्षाको माध्यमबाट उज्ज्वल भविष्य निर्माणमा सहयोग पुग्ने बताए । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले विद्यालयको प्रधानाध्यापक जयन्ती दासलाई डेस्क तथा बेञ्च हस्तान्तरण गरेका थिए । विराटनगर वडा नं. ६ स्थित उक्त विद्यालयमा एक सय २५ जना बालबालिका अध्ययनरत छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x