Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेशनल लाइफको ‘अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम’

नेशनल लाइफको ‘अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम’


काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कर्णाली प्रदेशको सुर्खेतमा अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो भेलामा कम्पनीको सुर्खेत कार्यालयमा आबद्ध करिब एक सय ५० जना अभिकर्ताहरूको सहभागीता रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसद खत्रीले अभिकर्ता पेसालाई व्यावसायिक बनाउँदै उनीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसाय समेत प्रवर्द्धन गर्दै लैजाने नीतिअनुरूप कम्पनीले यसप्रकारको कार्यक्रम आयोजना गर्दै आएको बताए । साथै उनले बीमा ऐन २०७९ का आधारभूत विषयवस्तुको बारेमा पनि संक्षिप्तरूपमा प्रकाश पारे ।

कम्पनीका बजार व्यस्थापन विभाग प्रमुख विवेक शर्माले सहभागी अभिकर्ताहरूलाइ प्रस्तुति कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । कर्यक्रममा सुर्खेत शाखाबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरूलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले सम्मान गरेका थिए । सुर्खेत शाखा प्रमुख बल बहादुर सिजपतीको सभपतित्वमा सम्पन्न सो कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले धन्यवादज्ञापन गरेका थिए । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x