Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबन्धन सिमेन्ट अब पीपीसीमा

बन्धन सिमेन्ट अब पीपीसीमा


विराटनगर, फागुन २५
नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिले उत्पादन गर्दै आएको बन्धन सिमेन्ट अब पीपीसीमा पनि उत्पादन हुने भएको छ । बन्धन सिमेन्ट ओपीसी र पिएससीमा उत्पादन हुँदै आएकोमा अब पीपीसीमा पनि उत्पादन हुनथालेको कम्पनीले जनाएको हो । पूर्वी नेपाललाई आफ्नो विशेष पकड क्षेत्र बनाएर सिमेन्ट उत्पादन गर्दै आएको नेपाल अल्ट्राटेक सिमेन्टले पीपीसी सिमेन्टमा पनि ओपीसी र पिएससीजस्तै गुणस्तरमा सिमेन्टको उत्पादन हुने कम्पनीले दाबी गरेको हो ।बढ्दो सिमेन्टको मागलाई मध्यनजर गर्दै गुणस्तरीय सिमेन्ट उत्पादन गरी मागको पूर्ति गर्ने उद्देश्यले उत्पादनमा जोड दिएको कम्पनीका अध्यक्ष मनिष कुमार मारुले जानकारी दिए ।

बन्धन सिमेन्टको ओपीसी र पीएससी सिमेन्टको सफलता र ग्राहकहरुबाट बन्धन पीपीसी सिमेन्टको खोजी गरिएकाले आफूहरुले उत्पादन सुरु गरेको कम्पनीका अध्यक्ष मनिष कुमार मारुले बताए । मारुले विश्व बजारमा १५ भन्दा बढी प्रकारका सिमेन्टहरूको प्रयोग भएको बताए । साथै नेपालमा भने तीन प्रकारका सिमेन्ट प्रयोगमा आएको उनको भनाइ छ । कम्पनीले बन्धन सिमेन्टलाई ओपीसी, पीपीसी र पीएससी नै मुख्य उत्पादन बनाएको जानकारी दिए । नेपालमा सबैभन्दा बढी प्रयोग हुने सिमेन्ट पीपीसी र ओपीसी हो भने पछिल्लो समय पीएससी सिमेन्टको माग पनि उच्च रहेको मारुले बताए । पीपीसी सिमेन्टमा ७७ प्रतिशत क्लिंकर र २३ प्रतिशत अन्य सामग्रीहरू प्रयोग गरिएको हुन्छ । जसले गर्दा सिमेन्ट सेट हुन केही दिन लाग्ने गर्छ । पीपीसी सिमेन्ट घरको प्लास्टर गर्दा र इँट्टाको गाह्रो लगाउँदा बढी प्रयोग गरिन्छ । प्रायः बालुवा मात्रै मिसाएर प्रयोग गरिने संरचनामा यो सिमेन्टको प्रयोग गर्नुपर्छ । ओपीसी सिमेन्टमा ९८ प्रतिशतसम्म क्लिंकर र २ प्रतिशतसम्म मात्रै अन्य चिप्सहरू प्रयोग गरिने भएकाले ओपीसी सिमेन्टमा क्लिंकरको मात्रा धेरै हुने अध्यक्ष मारुले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x