Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधदोलखाको १० मतदान केन्द्रमा पुनः मतदान सम्पन्न, ५० प्रतिशत मत खस्यो

दोलखाको १० मतदान केन्द्रमा पुनः मतदान सम्पन्न, ५० प्रतिशत मत खस्यो


दोलखा । दोलखाको १० वटा मतदान केन्द्रमा बिहीबार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको पुनः मतदान सम्पन्न भएको छ । पुनः मतदानमा ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । जिल्लाको वैतेश्वर गाउँपालिका वडा नंं ६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठ मतदान केन्द्रको क र ख, वडा नं ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र क, ख र ग तथा तामाकोशी गाउँपालिका वडा नं ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क, ख र ग मा मतदान भएको थियोे । ती मतदान केन्द्रमा आठ हजार पाँच सय १४ मतदाता रहेका छन् । तीमध्ये चार हजार दुई सय ५७ जनाले मतदान गरेका छन् । वैतेश्वरको वडा नम्बर दुईमा ९ सय ५५, वडा नम्बर ३ मा एक हजार २ सय ३८, वडा नम्बर ६ मा एक हजार दुई सय ३४ र तामाकोशी गाउँपालिका वडा नम्बर ३ को जफे मतदान केन्द्रमा ८ सय ३० खसेको हो ।

ती मतदान केन्द्रमा मङ्सिर ४ मा भएको मतदानमा विवाद उत्पन्न भएपछि उक्त मतदान रद्द गरी पुनः मतदान गराउन यही मङ्सिर ११ गते निर्वाचन आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेको यस क्षेत्रमा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार रहेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x