Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकाले सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने

श्रीलंकाले सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने


कोलम्बो । श्रीलंकाले आगामी वर्ष करिब १५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । त्यसैगरी सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको पनि पर्यटनमन्त्रीले दाबी गरेका छन् ।

पछिल्ला केही महिनामा पर्यटक आगमनमा सुधार आएको पर्यटनमन्त्री हरिन फर्नान्डोले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका चन् । उनले थुप्रै एयरलाइन्सले दक्षिण एसियाली मुलुकमा उडान सुरु गर्ने योजना रहेको पनि बताए छन् । पर्यटन श्रीलंकाको विदेशी मुद्रा आर्जन गर्ने प्रमुख माध्यममध्येको एक हो । तर कोरोना महामारी र देशमा जारी आर्थिक एवं राजनीतिक संकटका कारणले पर्यटन व्यवसायमा झड्का लागेको छ ।

श्रीलंकामा पर्यटन क्षेत्रको गतिविधि केही हदसम्म सकारात्मक दिशामा अघि बढेको छ । श्रीलंकाको छिमेकी देश माल्दिभ्सले विगत महिनादेखि मासिक रूपमा एक लाखभन्दा बढी पर्यटकहरूलाई स्वागत गर्दै आएको छ तर श्रीलंकामा भने पर्यटक आगमन ३० हजारदेखि ६० हजारमा सीमित रहेको आधिकारिक तथ्यांकले देखाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x