सेञ्चुरी कमर्सियल बैंकको लाभांश घोषणा
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट पाँच प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको तीन सय ७२औँ बैठकले चुक्ता पुँजीको पाँच प्रतिशत लाभांशं वितरण गर्ने प्रस्ताव पास गरेको छ ।
बैंकको २०७९ असार मसान्तमा कायम चुक्ता पुँजी नौ अर्ब ५५ करोड ३९ लाख नौ हजार एक सय ९८ रूपैयाँमध्येबाट चार दशमलव ७५ प्रतिशतले हुन आउने ४५ करोड ३८ लाख १० हजार छ सय ८६ रूपैयाँबराबरको बोनस सेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको शून्य दशमलव २५ प्रतिशतले हुनआउने रकम दुई करोड ३८ लाख ८४ हजार सात सय ७३ रूपैयाँबराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी १२औँ वार्षिक साधारणसभाबाट पारित भएपश्चात् वितरण गरिनेछ ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र प्रभु बैंक लिमिटेडबीच मिति २०७९/०४/१५ मा संस्था प्राप्तिसम्बन्धी सहमति भएको छ जसअनुरूप प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्नेछ र पुस मसान्तभित्र नै एकीकृत कारोबार गर्ने गरी प्राप्ति प्रक्रिया अगाडि बढेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया