Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंक र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता

नेपाल बैंक र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता


काठमाडौं । नेपाल बैंक र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौताअनुसार, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सम्पूर्ण बैंकिङ कारोबार नेपाल बैंकमार्फत हुनेछ ।

सम्झौतापत्रमा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत समता पन्त र प्राधिकरणका निर्देशक तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रमराज गौतमले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत पन्तले बैंकका तर्फबाट विमानस्थलमा हुने बैंकिङसम्बन्धी कारोबारमा कुनै गुनासो नआउने गरी सेवा प्रदान गर्ने बताइन् ।

त्यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रमराज गौतमले नेपाल बैंकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने र आगामी दिनमा नेपाल बैंक र नागरिक उड्डयन प्राधिकरणको सम्बन्ध थप प्रगाढ बन्दै जाने बताए । बैंकले देशभर दुई सय २६ वटा शाखा कार्यालय, एक सय ९९ वटा एटीएमका साथै ५० वटा एक्सटेन्सनमार्फत २३ लाख ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा पु-याउँदै आएको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x