उद्योग संगठन मोरङले ‘विराट एक्स्पो’ गर्ने
विराटनगर । उद्योग संगठन मोरङले आर्थिक एवं औद्योगिक विकासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पु-याउने उद्देश्यका साथ विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीको आयोजना गर्ने भएको छ ।
प्रदर्शनी विराटनगर महानगरपालिका वडा नं. १४ स्थित डिग्री क्याम्पसको परिसर एवं पुरानो हवाई फिल्डमा आगामी मंसिर २९ देखि पुस ६ गतेसम्म सञ्चालन हुने संगठनले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । उद्योग संगठनले सबैभन्दा पहिले एक्स्पोको आयोजना कोशी महोत्सवका नामबाट २०५३ सालमा आयोजना गरेको थियो । २०७९ मा विराट एक्स्पोको सातौँ संस्करणसम्म आइपुग्दा यो एक्स्पो नेपालमा आयोजना हुने थोरै औद्योगिक प्रदर्शनीमध्ये आफ्नै छुट्टै औद्योगिक प्रदर्शनीको पहिचान र ब्रान्डको स्थापना गर्न सफल भएको आयोजकको दाबी छ । विराट एक्स्पोको माध्यमबाट उत्पादक र उपभोक्ताबीच व्यावसायिक अनुभवको प्रत्यक्ष आदान–प्रदान हुने बताइएको छ । एक्स्पोले उद्यमी–व्यवसायीलाई व्यावसायिक सम्बन्धको विकास र नयाँ प्रविधिको पहिचान गर्न पर्याप्त सघाउ पु-याउने अपेक्षा राखेको आयोजकले जनाएको छ ।
कृषि–उत्पादनको व्यवसायीकरण गर्न एक्स्पोको अहम् भूमिका हुने दाबी आयोजकको छ । त्यसबाहेक यो एक्सपोबाट पर्याप्त रूपमा पर्यटकीय गन्तव्यको प्रचारप्रसार हुने र आन्तरिक पर्यटनको प्रवर्द्धन हुने दाबी पनि उद्योग संगठन मोरङको रहेको छ । एक्स्पोबाट नवप्रवर्द्धक स्टार्टअपहरूको व्यावसायिक विकासमा सहयोग पुग्ने र त्यसबाट स्वदेशी उत्पादनको उत्पादकत्व एवं बजारको दायरा फराकिलो बनाउन ठूलो योगदान पुग्ने बताइएको छ । उद्योग संगठनले यस पटकको सातौँ संस्करणमा केही फरक र नयाँपन दिने प्रयत्न गरेको भन्दै कृषि तथा औद्योगिक प्रदर्शनी र सांस्कृतिक कार्यक्रमसँगै यस पटकको एक्स्पोलाई विशुद्ध औद्योगिक एक्स्पोको फ्लेवर दिन खोजिएको जानकारी दिएको छ । आर्थिक एवं औद्योगिक क्षेत्रका विषयगत मुद्दाहरूमा नीतिगत छलफल गरेर अनुभवको आदान–प्रदान गर्न दैनिकरूपमा फरक–फरक विषयमा प्राविधिक सत्र, अन्तरक्रिया तथा सेमिनारहरूको आयोजना पनि एक्सोमा हुने जानकारी दिइएको छ ।
एक्स्पोमा प्रदेश नम्बर १ मा लगानीका सम्भावित क्षेत्रहरूको लगानी पेभिलियन, नवउद्यमीहरूको उद्यमशीलता विकास गर्न स्टार्टअप पेभिलियन, श्रम–रोजगार र सीप फाँटका लागि छुट्टै पेभिलियन तथा पर्यटन क्षेत्रलाई पनि छुट्टै पेभिलियनको आयोजकले व्यवस्थापन गरेको जानकारी संगठनका अध्यक्ष सुयेश प्याकुरेलले दिए । उनले विराट एक्स्पो–२०७९ को आन्तरिक तयारीका सबै कार्यहरू पूरा भएको पनि जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया