बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दोलखा भीमेश्वर नगरपालिका–३ चरिकोट ठेगाना भएका ७० वर्षीय जनक बहादुर कार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७६ पुस २७ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ४१ लाख रूपैयाँ जरिवाना र सात दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले दोलखा चरिकोटबाट पक्राउ गरेको जानकारी दिएको छ । कार्कीले २०७५ चैत १९ गते प्रभु बैंक लिमिटेडमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्याई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनीउपर उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत दोलखामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय दोलखामा पठाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया