प्रदेश १ मा झण्डै साढे पाँच खर्ब कर्जा प्रवाह
काठमाडौं । बैंकिङ क्षेत्रमा निक्षेप परिचालन रकम बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनसम्बन्धी प्रदेश नं.–१ को आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन २०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा प्रदेश नं. १ मा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन पाँच दशमलव आठ प्रतिशतले बढेर तीन खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ । सर्वसाधारणमा बचत गर्ने बानीमा आएको सुधार, रेमिट्यान्स आप्रवाह, विद्युतीय कारोबारमा भएको वृद्धि, तथा बैंकिङ सेवा विस्तार भएकाले निक्षेप परिचालन बढेको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार प्रदेश नं. १ मा अवस्थित बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेपमध्ये झापा, मोरङ र सुनसरीको हिस्सा ७७ दशमलव दुई प्रतिशत रहेको छ भने अन्य जिल्लाको २२ दशमलव आठ प्रतिशत रहेको छ । जिल्लागत निक्षेप संकलनको आधारमा मोरङ जिल्लाको योगदान सबैभन्दा बढी ३१ दशमलव नौ प्रतिशत र तेह्रथुम जिल्लाको सबैभन्दा कम एक दशमलव तीन प्रतिशत योगदान रहेको छ । राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा प्रदेश नं १ मा बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कर्जा १३ दशमलव दुई प्रतिशतले वृद्धि भई पाँच खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ । २०७९ असार मसान्तसम्म प्रवाहित कुल कर्जामध्ये कृषि कर्जाको हिस्सा १० प्रतिशत, औद्योगिक कर्जाको हिस्सा २२ दशमलव तीन प्रतिशत र सेवा क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ६७ दशमलव सात प्रतिशत रहेको छ ।
२०७८ असार मसान्तमा कृषि कर्जाको हिस्सा नौ दशमलव आठ प्रतिशत, औद्योगिक क्षेत्रको हिस्सा ३० दशमलव छ प्रतिशत र सेवा क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ५९ दशमलव सात प्रतिशत रहेको थियो । प्रदेश नं. १ मा अवस्थित बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये झापा, मोरङ र सुनसरीमा प्रवाहित कर्जाको हिस्सा ८८ प्रतिशत रहेको छ भने अन्य जिल्लाको १२ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार जिल्लागत कर्जा प्रवाहको आधारमा मोरङ जिल्लाको हिस्सा सबैभन्दा बढी ४२ प्रतिशत र ताप्लेजुङ जिल्लाको हिस्सा सबैभन्दा कम शून्य दशमलव पाँच प्रतिशत रहेको छ ।
प्रतिवेदनअनुसार २०७८ असार मसान्तमा प्रदेश नं. १ मा रहेका बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात एक सय ३८ दशमलव सात प्रतिशत रहेकोमा २०७९ असार मसान्तमा यस्तो अनुपात एक सय ४८ दशमलव चार प्रतिशत रहेको छ । अघिल्लो वर्ष कोभिड १९ का कारण प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न सरकारले घोषणा गरेको विभिन्न छुट तथा सुविधा, मौद्रिक नीतिले प्रदान गरेको सुविधा, सहुलियतपूर्ण कर्जा, पुनर्कर्जा सुविधा आदि कारणले कर्जाको माग तथा प्रवाह बढेकोमा समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकमको अभाव देखिएकाले अघिल्ला वर्षको तुलनामा कर्जा विस्तार केही सुस्त देखिएको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश नं १ मा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थाका गरी थप एक सय ४४ वटा शाखा विस्तार भएका छन् । अघिल्लो आर्थिक वर्षमा एक सय ३४ वटा शाखा विस्तार भएको प्रतिवेदनमा उल्लेख छ । २०७९ असार मसान्तमा प्रदेश नं १ मा वाणिज्य बैंकका सात सय ६३, विकास बैंकका एक सय ९४, फाइनान्स कम्पनी ३२ तथा लघुवित्त वित्तीय संस्थाका आठ सय ६८ गरी जम्मा एक हजार आठ सय ५७ वटा शाखा पुगेको छ । यसमध्ये मोरङ जिल्लामा सबैभन्दा बढी चार सय ५२ र ताप्लेजुङमा सबैभन्दा कम ३८ शाखाहरु सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- २२ अर्बको राजस्वमा कार्यकारीको खेलवाड
- लघुवित्तहरूमा वित्तीय जोखिम बढ्दो
- ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ प्रस्तावमै सीमित
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया