Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबीवाईडीका कार किन्नेलाई नबिल बैंकको सहज कर्जा

बीवाईडीका कार किन्नेलाई नबिल बैंकको सहज कर्जा


काठमाडौं । विद्युतीय कार किन्न चाहने ग्राहकको सहजताको लागि नेपालका लागि बीवाईडी अटो इन्डष्ट्रिजको आधिकारिक वितरक साइमेक्स इंकले बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकसँग एक सम्झौता गरेको छ ।

दुई संस्थाबीच भएको सम्झौताअनुसार अब बीवाईडीको कुनै पनि गाडी किन्न चाहने ग्राहकले नबिल बैंकबाट कर्जा सुविधा पाउनेछन् । उक्त सम्झौता एक कार्यक्रमका बीच बुधबार भएको हो । सम्झौताअनुसार बीवाईडीले बिक्री गर्ने विद्युतीय गाडीमा नबिल बैंकले कर्जा प्रवाह गर्ने उल्लेख छ । नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था गरेको कारण नबिल बैंकले पनि त्यहीअनुसार ८० प्रतिशतसम्म कर्जा दिने जनाएको छ ।

सम्झौताअनुसार अहिले बीवाईडीका गाडी किन्ने ग्राहकले नबिल बैंकबाट १२.९९ प्रतिशत ब्याजदरमा सात वर्षसम्मको लागि फाइनान्स सुविधा पाउनेछन् । बैंकसँगको सम्झौताअनुसार बीवाईडीको कुनै पनि मोडल किन्ने ग्राहकले मूल्यको २० प्रतिशत मात्र डाउन पेमेन्ट गर्दा पुग्छ ।

साइमेक्स इंकले बीवाईडीको एसयूभी एटो ३ र अल न्यू इ–६ ईभी नेपालमा बिक्री गर्दै आएको छ । अल न्यू इ–६ नेपालमा उपलब्ध इलेक्ट्रिक भेहिकलमध्ये सबैभन्दा धेरै रेन्ज दिने ईभी हो । साइमेक्स इंकले अघिल्लो महिनाबाट नेपालमा बिक्री सुरु गरेको नयाँ मोडल एटो–३ को मूल्य ८९ लाख ९० हजार र अल न्यू ई–६ को मूल्य ५९ लाख तोकेर बिक्री गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x