दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकाले पुराना गोरेटोबाटो निर्माण तथा मर्मतमा चासो देखाएको छ । पालिकाले चालू वर्षमा यहाँ रहेका २६ वटा गोरेटोबाटोको स्तरोन्नति गर्न सुरु गरेको जनाएको छ ।
पुराना गोरेटोबाटोको स्तरोन्नति गरेर स्थानीय सर्वसाधारणलाई ओहोरदोहोर गर्न सहजता दिने उद्देश्यले गत भदौदेखि नै काम सुरु भएको बैतेश्वर गाउँपालिका अध्यक्ष छबि लामाले बताए । लामाका अनुसार गाउँपालिकाले गतवर्षदेखि नै गोरेटोबाटो स्तरोन्नति गर्ने कार्य थालेको हो । गत वर्ष गाउँपालिकाले करिब दुई दर्जन गोरेटो निर्माण गरिसकेको छ । अहिले पनि करिब ४० लाख बजेट छुट्याएर २६ वटा गोरेटोबाटो निर्माण गर्न लागेको अध्यक्ष लामा जानकारी दिए । चालू वर्ष निर्माण हुने गोरेटोबाटो धेरैको सम्झौता भएर काम समेत धमाधम भइरहेको छ । चालू वर्षभित्र निर्माण हुने गोरेटोबाटो वडा नम्बर १ देखि ८ वडाभित्रका रहेका छन् । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको अनुदानमा थप बजेट राखेर गाउँपालिकाले सडक स्तरोन्नति तथा गोरेटोबाटो निर्माणमा लगानी गरेको गाउँपालिकाको योजना अधिकृत वासुदेव दाहालले जानकारी दिए ।
गत आवमा बैतेश्वर गाउँपालिकामा करिब छ किलोमिटर सडक सोलिङ र एक किलोमिटर सिँढीसहितको गोरेटोबाटो निर्माणसम्पन्न गरेको थियो । चालू वर्षमा पनि पालिकाको बजेट र प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको लागि आएको बजेटमा थप गरेर साढे दुई दर्जन गोरेटोबाटो तथा स्थानीय ग्रामीण सडक सोलिङ गर्ने काम जारी रहेको दाहालले बताए । पालिकाले ग्रामीण सडकको स्तरोन्नति गर्दै स्थानीयलाई रोजगारी समेत दिएको छ । त्यसैगरी गाउँपालिकाले स्थानीयको मागबमोजिम छनोटमा परेका साना सिँचाइका योजनाको काम पनि धमाधम गरिरहेको छ । खेतीपाती र खानेपानीको समस्या भएका ग्रामीण बस्तीको पहिचान गरी खानेपानी र सिँचाइ कुलोलगायतका संरचनाको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
- शाइन रेसुंगा विकास बैंकद्वारा लाभांश घोषणा
- ग्लोबल आईएमई लघुवित्तको नाफा चार करोड
- एनएमबी लघुवित्तको नाफा ७१ लाख ५४ हजार
- दार्चुला जिप दुर्घटना: घाइतेलाई थप उपचारका लागि धनगढी लगियो
- दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण
- दार्चुला जीप दुर्घटना: आठ जनाको मृत्यु, पाँच घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया