करोडौँको लगानीमा बनेका मेलम्चीका होटल पर्यटकको प्रतीक्षामा
सिन्धुपाल्चोक । मेलम्ची बजारमा पक्की घर तथा सुविधासम्पन्न होटल निर्माणले आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बाक्लिँदै गएको थियो । मेलम्ची, हेलम्बु तथा पाँचपोखरी घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि मेलम्ची बजारमा सानाठूला गरी दर्जन होटल बनेका थिए ।
करोडदेखि साना लगानीमा बनेका होटल मेलम्चीमा सञ्चालन भइरहेका थिए । वि.सं. २०७२ को भूकम्पपछि लय समातेको होटल व्यवसाय २०७८ असार १ पछिको बाढीले तहसनहस बनायो । हेलम्बुका खोला किनारामा रहेका अधिकांश होटल तथा रिसोर्ट बालुवामा बिलाए । मेलम्ची क्षेत्रमा रहेका केही बगे भने पुरिएका केही होटल जसोतसो सञ्चालकले आफैँ बचाएर सफा गरी अहिले सञ्चालन गरिरहेका छन् । आन्तरिक तथा बाह्य पर्यटकले राम्रै चहलपहल हुने मेलम्ची, हेलम्बु र पाँचपोखरीका होटल फेरि सुनसानजस्तै देखिन थालेका छन् । पर्यटकीयस्थल हेलम्बु, मेलम्चीको मुहान, पाल्चोक मन्दिर, पाँचपोखरी, इन्द्रावती तथा मेलम्ची घुम्न आउने पर्यटकको सङ्ख्या अहिले कम भएको स्थानीय होटल व्यवसायी रत्न श्रेष्ठ बताउँछन् ।
मेलम्चीमा बाढीपछि माछा पाउन थाले पनि बाढी अघि जस्तो ग्राहक नआएको उनको भनाई छ । मेलम्चीका माछा खान बाढी अघि विभिन्न जिल्लाबाट मान्छे आउने गर्दथे । मेलम्चीका स्थानीय माछा, हेलम्बु पाँचपोखरी तथा मेलम्चीको चिसो पानीमा पालिएका ट्राउट माछा खान सार्वजनिक विदा तथा अन्य समयमा विभिन्न जिल्ला तथा बाहिरबाट आन्तरिक पर्यटकको भीड लाग्ने गर्दथ्यो । क्षेत्र नं २ को मुख्य बजार रहेको मेलम्चीमा विभिन्न समयमा कार्यक्रम पनि हुने गर्दथे । पछिल्लो समय वर्षा आएमा बाढीको त्रासले ग्राहक बास बस्न डराउने गरेका छन् । बाढीपछि चुनावमा केही चहलपहल भए पनि फेरि यहाँका बजारमा चहलपहल निकै कम भएको छ ।
विभिन्न सुविधासहितका तीन र अन्य सानाठूला गरी मेलम्चीमा एक दर्जनभन्दा बढी होटल तथा लज सञ्चालनमा छन् । होटल मेलम्ची हेरिटेजका सञ्चालक सागरकुमार श्रेष्ठले विपद्को केही समयअघि सञ्चालनमा आएको होटल बाढीले क्षति गर्दा स्थानीय, प्रदेश तथा केन्द्र सरकारको साथ नपाएको बताए । उनले अझै पनि मेलम्चीलाई पुरानै अवस्थामा ल्याउन सकिने जनाउँदै यसमा सरकार जिम्मेवार हुनुपर्ने बताए । मेलम्चीवासीले आफ्नै प्रयासमा सहयोग जुटाएर संरचना जोगाएको उनले स्मरण गरे । मेलम्चीको अर्को होटल मेलम्ची रिभर साइड इनका सञ्चालक जनकलाल श्रेष्ठले असार १ गतेको बाढी आउने क्रममै सयौँ ट्रिप ढुङ्गा ओसारेर लाखौँ रकम व्यक्तिगत खर्च गरी होटल बचाउन सफल भएको बताए । पुल नहुँदा वर्षायाममा चहलपहल निकै कम हुने गरेको उनको भनाई छ ।
मेलम्चीमा भूकम्पपछि दैनिक १० लाख रुपैयाँसम्म कारोबार भएको यहाँका स्थानीय होटल व्यवसायी बताउँछन् । हेलम्बुका बाढी प्रभावित ट्राउट व्यवसायी उत्तम भण्डारीले वैकल्पिक स्थानमा फेरि माछापालन सुरु गरी फेरि ट्राउट हब बनाउने प्रयासमा व्यवसायी रहेका जनाउँदै यसमा सरकारले पनि साथ दिनुपर्ने बताए । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले स्थानीय सरकारले मात्र नदी नियन्त्रण गर्न नसक्ने भएकाले प्रदेश तथा केन्द्र सरकारको सहयोगमा बाढी प्रभावित क्षेत्रमा कार्य भइरहेको बताए । उनले दीर्घकालीन सोचका साथ काम गर्नुपर्नेमा जोड दिए । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले व्यवसायीलाई सरकारले ब्याज छुट तथा अन्य सुविधा दिएर सहयोग गर्नुपर्नेमा जोड दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया