दराज १२.१२ मा अफरैअफर
काठमाडौं । अनलाइन बजार दराजले वर्षको अन्तिम अभियान दराज १२.१२ घोषणा गरेको छ । सोमबारदेखि सुरु हुने यो ग्राण्ड इयर एन्ड सेलले ग्राहकहरूलाई आफ्ना मनपर्ने उत्पादनहरूमा थुप्रै, छुट र अफरहरू प्राप्त गर्ने अर्को अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीको अनुसार १२.१२ एक बिक्री–सञ्चालित अभियान मात्र नभई देशभरका ग्राहकहरूलाई वर्षभरिको अपार विश्वास र बफादारीको लागि धन्यवाद दिने दराजको तरिका हो । अभियानका मुख्य विशेषताहरूमा ७० प्रतिशतसम्मको मेगा डिल, सात हजार रुपैयाँसम्मको मेगा भाउचर, एक हजार दुई सय १२ रुपैयाँसम्मको प्रिपेमेन्ट छुट, दुई लाख ७० हजार रुपैयाँको ग्राण्ड एमआई ह्याम्पर गिभवे समावेश छन् । ग्राण्ड इयर एन्ड सेलको समयमा किनमेल गर्ने ग्राहकहरूले क्रेडिट कार्डमार्फत १२ प्रतिशत र डेबिट कार्डमार्फत १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । एभरेष्ट बैंक, एनएमबी बैंक, सानिमा बैंक र कामना सेवा बैंकका ग्राहकहरूले माथि उल्लिखित छुटहरू प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । त्यस्तै, ग्राहकले आफ्नो आईएमई पे वालेटमार्फत भुक्तानी गरेमा १२ प्रतिशतसम्मको थप छुट समेत पाउनेछन् ।
कम्पनीले प्रमुख राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरूबाट उत्कृष्ट छुट समेत प्रदान गरेको छ । दराज १२.१२ मा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको उत्पादनमा विशेष डिल र छुटहरू उपलब्ध हुनेछ भने ग्राहकहरूले आफ्नो मनपर्ने ब्रान्डहरूमा ७० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । अभियानका लागि डायमण्ड पार्ट्नर्समा बाल्ट्रा, वाओ, स्काईवर्थ र प्यानसनिक छन् भने गोल्ड पार्ट्नर्सहरूमा मामाअर्थ, फ्याँकैरा र जिन्सवेस्ट रहेको कम्पनीले जानकारी दिएको छ ।
त्यसैगरी, दराजका सबै प्रमुख क्याम्पेनहरूमा जस्तै १२.१२ मा पनि धेरै लोकप्रिय खेल एक रुपैयाँ पनि रहेको छ, जहाँ ग्राहकहरूले मात्र एक रुपैयाँमा हजारौँ मूल्यका उत्कृष्ट उत्पादनहरू जित्ने मौका पाउँछन् । ग्राहकहरूले केवल एक रुपैयाँमा स्काईवर्थ वासिङ मेसिन, हुण्डाई नन–डिजिटल वाटर हिटर, रेडमी ए१ र बोन हलिडेज तीन दिनको पोखरा टुर पुरस्कारहरू जित्न उक्त खेलमा भाग लिन सक्नेछन् । खेलमा सहभागी हुन ग्राहकहरूले अनलाइन प्रिपेमेन्टमार्फत एक रुपैयाँ अग्रिम भुक्तानी (प्रिपे) गर्नुपर्दछ । एक पटक अफर समाप्त भएपछि सबै सहभागीहरूलाई एक रुपैयाँ फिर्ता गरिने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पेट्रोलियम अन्वेषण: ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकियो
- त्रिशूलीमा आठ करोडको लागतमा नयाँ पुल निर्माण
- हुथी विद्रोहीले गरे अमेरिकी युद्धपोतमा आक्रमण
- ट्रम्प प्रशासनले रोक्न नसक्ने आणविक विस्तार योजना
- फोहोर मैलाको समस्या र व्यवस्थापन
- ऊर्जामैत्री भवन निर्माणमा नीतिगत प्रस्थान
- बाकु सम्मेलनमा असम्बन्धितहरूको लर्को
- ‘सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन दिइँदैन’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया