काठमाडौं । बैैकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरु पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक कमल थापाका अनुसार काठमाडौं पेप्सीकोलाबाट बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरुलाई सोमबार पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा रामेछाप जिल्ला मन्थली नगरपालिका–६ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ बस्ने ३४ वर्षीय किशन कार्की र काभ्रेपलाञ्वोक रोशी गाउँपालिका–१० घर भई हाल काठमाडौं महानगरपालिका–७ बस्ने ४८ वर्षीय दिपक कुमार काफ्ले रहेको प्रहरी उपरीक्षक थापाले जानकारी दिएका छन् ।
प्रवक्ता थापाका अनुसार उच्च अदालत पाटनको २०७९ मंसिर ६ गतेको फैसलाले किसन कार्कीलाई पाँच दिन कैद एवं १५ लाख रूपैयाँ जरिवाना सजाय र २०७८ जेठ ३१ गतेको फैसलाले दिपक कुमार काफ्लेलाई सात दिन कैद एवं आठ लाख ९० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका थिए । उनीहरुले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा उच्च अदालत पाटनले उक्त फैसला गरेको थियो । उनीहरुलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता थापाले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया