दोलखा । भूकम्पले हल्लाएर जीर्ण बनेको एउटै विद्यालयका आठवटा भवनको प्रबलीकरण विधिमार्फत रेक्टोफिटिङ गरिएको छ । जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर–४ काब्रेमा रहेको हनुमतेश्वर माध्यमिक विद्यालयको आठवटा भवनको रेक्टोफिटिङ गरिएको हो ।
सरकारले भूकम्पले पूर्णरूपमा क्षति पुगेका विद्यालय भवनको पुनर्निर्माण गरेको छ भने कम क्षति भएका विद्यालयको भने प्रबलीकरणमार्फत निर्माण गरिरहेको छ । सोहीअनुसार यहाँको हनुमन्तेश्वर माविका आठवटा भवनको रेक्टोफिटिङ गरिएको हो । विदेशी दातृ निकाय एडीबीको ७४ दशमलव ९ प्रतिशत ऋण सहयोग तथा नेपाल सरकारको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ शिक्षाको १७ दशमलव ६ प्रतिशत अनुदानमा प्रबलीकरण गर्न सुरु गरिएको विद्यालयका प्रधानाध्यापक भरत दाहालले जानकारी दिए ।
जिल्लाका अन्य सबै विद्यालय भत्काएर पुनर्निर्माण गरिरहँदा सरकारले यस विद्यालयको भवनको भने रेक्टोफिटिङ गर्न टेन्डर आह्वान गरेको थियो । निर्माण कम्पनी श्री शर्मा–खानी जेभी काठमाडौंले तीन करोड २१ लाख ७२ हजार रूपैयाँ लागतमा २०७८ साल असारमा विद्यालय निर्माणको लागि ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता भएको तीन महिनापछि असोजदेखि काम सुरु गरेको निर्माण कम्पनीले हाल ९० प्रतिशत काम पूरा गरेको छ ।
जिल्लाकै नमूना विद्यालयको रूपमा परिचित यस विद्यालयमा कक्षा एकदेखि १२ कक्षासम्म एक हजार छ जना विद्यार्थी रहेका छन् । हाल भवन निर्माण भइरहेकोले विद्यालयले वैकल्पिक भवनमा राखेर पठनपाठन गराउँदै आएको छ । अबको केही महिनाभित्र विद्यालयका आठवटै भवन तथा सबै कक्षा कोठाको रेक्टोफिटिङको काम सकिने र विद्यार्थीलाई पुरानै भवनमा सरेर पठनपाठन गराउने तयारी विद्यालयले गरेको प्रधानध्यापक दाहालले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया