Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिअर्थतन्त्र सुधारका लागि कृषिमा आधारित औद्योगीकरण आवश्यक

अर्थतन्त्र सुधारका लागि कृषिमा आधारित औद्योगीकरण आवश्यक


काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको वर्तमान आर्थिक अवस्थालाई सुधार गर्न कृषिजन्य उत्पादनमा आधारित उद्योग स्थापना गर्न आवश्यक रहेको बताएका छन् । कृषिजन्य उत्पादनलाई उद्योगमार्फत प्रशोधन गरेर बजार पठाउन सके किसानको जीवनस्तरमा सुधार ल्याउन र अर्थतन्त्र सुधारमा सहयोग पुग्ने उनको भनाइ छ ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.को आयोजना र जीआई जेटको सहयोगमा सुरु भएको दुईदिने कार्याशाला गोष्ठीमा बोल्दै उनले कृषि तथा पशुपालन क्षेत्रमा विकास भएको प्रविधिलाई नेपालमा पनि प्रयोग गर्न सकिने भन्दै उत्पादन, बजारीकरण र उद्यमशीलताको विकासका गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय आत्मनिर्भताका लागि कृषि र पशुपालनजन्य उत्पादन बढाउनुको विकल्प नरहेको भन्दै पाण्डेले किसानका लागि पालिकास्तरबाट सहयोग आवश्यक रहेको बताए । कृषि कार्यका लागि पकेट क्षेत्रको घोषणा र उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्नसके अहिले देखिएको कृषि अनुदानको अनियमितताको अन्त्य गर्न सकिने उनको भनाइ थियो । अहिले नेपालका अधिकांश किसानहरूले मलको अभावका कारण राम्रो उत्पादन र आम्दानी गर्न नसकिरहेको अवस्थामा रहेको र यस समस्याको समाधानका विषयमा केन्द्रीय संघले भूमिका खेल्न सक्ने पाण्डेले बताए । साना किसान सहकारीहरूले आफ्नै मल उद्योग स्थापना र सञ्चालन गर्नसक्ने भन्दै उनले यसका लागि केन्द्रीय संघको नेतृत्वले सोच्नुपर्ने बताए ।

यस्तै उनले जुन क्षेत्रमा जे सम्भावना छ, त्यसको पहिचान गरी सरकारले तोकिएको बालीका लागि किसानहरूलाई अनुदान प्रदान गर्नसक्ने उल्लेख गरे । किसानहरूलाई सीप, पुँजी, प्रविधि दिने र उत्पादित वस्तुको बजारको सुनिश्चितता गर्नसक्ने वातावरणका बनाउने नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.ले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.का अध्यक्ष खेम बहादुर पाठकले कृषिजन्य वस्तुको बजारीकरण अहिलेको प्रमुख समस्या रहेको बताए । प्रविधिको प्रयोग गर्दै कृषिलाई उद्यमसँग जोड्न सके कृषिप्रतिको वर्तमान नकारात्मक सोच बदल्न सहयोग पुग्ने अध्यक्ष पाठकले दाबी गरे । अबको केही समयमै सात सय ५३ वटै पालिकामा कृषि सहकारीहरूको सञ्जालीकरण गर्ने र सहकारीमार्फत उत्पादिन वस्तुको बजारीकरणका लागि पहल गर्ने समेत उनले प्रतिबद्धता जनाए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x