Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकस्तो भूमिका खेल्ने हो हेर्न बाँकी नै छ ?

कस्तो भूमिका खेल्ने हो हेर्न बाँकी नै छ ?


काठमाडौं । नेपालमा भएका धेरै चुनावहरू हेरियो, देखियो, गफियो र हल्ला पनि सुनियो । प्रत्येक चुनावमा कुनै न कुनै हल्ला, गफ र लहर आउने गरेको छ । ‘टक अफ दि टाउन’ हुन्थ्यो चाहे त्यो पञ्चायतकालमा होस् या अहिलेको लोकतन्त्र ।

पञ्चायतकालीन एक चुनावमा नानीमैया दाहाललाई रातारात भुइँबाट यति माथि ल्यायो कि चुनावी ब्रान्ड नै बन्न पुग्यो । चुनावी समय त्यो ब्रान्ड सम्झिने र कुनै न कुनै निर्वाचित उम्मेदवार अथवा दलसँग तुलना गर्ने गरिन्थ्यो। हालको निर्वाचनमा पनि सो भएरै छाड्यौ ।

घण्टी अथवा राष्ट्रिय स्वतन्त्र पार्टीले यसपालिको चुनावमा राम्रै चर्चा पाउन सफल भयो । सामाजिक सञ्जाल मा चुनावअगाडि र पछाडि हालसम्म पनि कुनै न कुनै रूपमा चर्चा चलेकै छ । चाहे त्यो उम्मेदवारकै किन नहोस् । कसैले यस दललाई ब्रान्डसँग जोडेर आफ्ना विश्लेषण गर्न छोडेको छैन । भर्खर मात्र जन्मेको र खासै जनमानसमा चिनाजान समेत नभएको पार्टीले चुनावमा उल्लेखनीय प्रगति हासिल गर्न सफल भयो । प्रतिनिधिसभाको प्रत्यक्षमा सात जसमा काठमाडौंको १० मा चार र समानुपातिक मा १३ सिट लिएर चौथो पार्टी बन्न पुगेको छ ।

हाल बजारमा स्वतन्त्र पार्टीसम्बन्धी नानाथरीका प्रतिक्रिया, प्रश्न, विश्लेषण गर्नेहरूको कमी छैन। ठूला दलहरूप्रति असन्तुष्ट र अन्तर घातको भोट ? दलको पछाडि सञ्चालक को होला ? सरकारमा जाला कि नजाला ? दल कसरी चल्ने होला ? नेपाली कांग्रेसका गगनसँग साँठगाँठ ? प्रदेशसभाको विरोधी ? वैकल्पित दल ? आदि । यो दलको उदयले ठूला दल र नेताहरूलाई राम्रै चुनौती दिएको र गल्ती सच्याउने मौका दिएको धेरैको बुझाइ छ । माथिका प्रश्नहरूबाट पार्टी र मतदाताहरू उम्कन सक्दैन । सबै नभए पनि केही हदसम्म सत्यता हुनुपर्छ जुन समयले उजागर गर्छ नै ।

No description available.

काठमाडौं महानगर तथा धरान उपनगर प्रमुखमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएपछि धेरै इच्छुक उम्मेदवारहरू स्वतन्त्रतिर आकर्षित भएको र निर्वाचनमा एकै चिह्न ‘लौरो’ लिन लालायित हुन पुग्यो तर त्यो सबै स्वतन्त्र उम्मेदवारलाई दिन सम्भव भएन । यसैबीच एक समूहले स्वतन्त्रको नाममा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा नाम दर्ता गरेर ‘घण्टी’ चिह्न लिन सफल भयो । मतदाताहरू व्यक्तिगत स्वतन्त्र र स्वतन्त्र पार्टीबीच भ्रममा परेको पनि सुनियो । फलस्वरूप राम्रा स्वतन्त्र उम्मेदवार हारेको भनिन्छ ।

व्यक्तिगत स्वतन्त्र उठ्ने कतिपयले स्वतन्त्र भन्दै घण्टी चिह्न लिनलाई सो दलमा समझदारी गरेको बुझिन्छ । तिनीहरूको मुख्य उद्देश्य स्वतन्त्रको नाममा पाए जित्ने, नभए मतदातासँग अन्तरक्रिया गर्ने, अनुभव हासिल गर्ने र अर्को चुनावको लागि तयार हुने । सबै उम्मेदवार सिद्धान्तको आकर्षणले संगठित भएको भने पक्कै होइन ।

आगामी दिनमा यो दलले पक्कै पनि ठूूलो चुनौती सामना गर्नुपर्ने देख्छु । प्रथमतः यो सिद्धान्तभन्दा पनि एक परस्थितिले जन्माएको समूह हो’ । अतः सबैको आ–आफ्नो सिद्धान्त वा विचार हुने नै भयो । सदस्यहरूबीच ‘साझा समझ’ हुन समय लाग्नेछ । कति समय लाग्ने हो त्यो समूहमा निर्भर गर्छ । सो समूह नाजुक चरणमा नै रहिरहन्छ । यसलाई आफ्नै र बाहिरी शक्तिले फुटाउने, बिगार्ने प्रयासहरू पनि भइरहन्छ ।

अर्को चुनौती भनेको सदस्यहरूबीच दलमा आफ्नो अस्तित्व अथवा पहिचान स्थापना गर्नको लडाइँ । यदि राम्रो समझदारी र व्यवस्थापन गर्न सकिएन भने यो दल विभाजित हुने खतरा पनि छ। जस्तै यो समूहमा प्रदेशसभामा विश्वास गर्ने र नगर्ने, सरकारमा जाने÷नजाने दुईथरी पनि देखिन्छ । यही मुद्दामा मत मतान्तर हुन सक्छ । पुराना दलहरूमा जस्तै गुट उपगुटको सुरुवात हुनेछ । समूहबाट वास्तविक बलियो दल बन्न समय पक्कै पनि लाग्छ । जबसम्म वास्तविक बलियो दल बन्न सक्दैन तबसम्म चुनावी घोषणामा जे–जे मुद्दा उठाएर मतदातासमक्ष बाचा ग¥यो त्यो बाचामा मात्रै सीमित हुनेछ ।

राजनीतिमा प्रभाव पार्ने अर्को विषय हो बाह्य अथवा अदृश्य शक्तिको संलग्नता र चल खेल। सामाजिक सञ्जालमा चुनावलगत्तै विभिन्न देशका राजदूतहरूको चहल पहल बढेको सुन्नमा आएको छ । कूटनीतिज्ञहरू शीर्ष नेताहरूको घर घरमै गई भेटघाट र छलफल गरेको समाचार दिनहुँ सुन्न पाइन्छ । नेताहरूबाट पनि अनौठो अनौठो जनताले पचाउनै नसक्ने खालका वक्तव्य निकालेको बाट नेपाल, देशभित्रबाट मात्र चलेको हो भन्ने अवस्था पक्कै छैन ।

बदलेको समय र परस्थितिमा नेपाली जनता यस्ता चलखेलदेखि वाक्क र निराश भएका छन् । नेताहरूप्रति विश्वास गुम्दै गएको जगजाहेर नै छ । नेताहरूविना बाहिरी हस्तक्षेप देशको हितमा निर्णय गरी व्यवस्थापन गर्न सक्नुण्पर्छ भन्ने माग रहिआएको छ। चुनावमा मतदाताबाट धेरै नयाँ अनुहार, युवा र नयाँ दलहरूलाई मौका दिएको छ, आशा गरेको छ । कस्तो भूमिका खेल्ने हो हेर्न बाँकी नै छ?


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x