Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशमा खाद्यवस्तुको प्रतीतपत्रको सीमा दर घटाउन निर्देशन

बंगलादेशमा खाद्यवस्तुको प्रतीतपत्रको सीमा दर घटाउन निर्देशन


ढाका । बढ्दो मुद्रास्फीतिलाई मध्यनजर गर्दै देशका सबै वाणिज्य बैंकहरुलाई विभिन्न आठवटा खाद्य वस्तुका लागि प्रतीतपत्र (एलसी)को व्यवस्थापनका लागि सुरूवाती सीमादरमा छुट दिन बंगलादेशको केन्द्रीय बैंकले सोमबार निर्देशन दिएको छ ।

बंगलादेश बैंकले आइतबार एक पत्र जारी गर्दै आगामी इस्लामी पवित्र महिना रमजानमा खाद्यवस्तुको मूल्य उपभोक्ताको पहुँचमा राख्ने उद्देश्यले यस्तो निर्देशन दिएको जनाएको छ । दरमा छुटका लागि निर्देशन दिइएका खाद्यवस्तुमा तेल, चिनी, चना, दाल, गेडागुडी, प्याज, खजूर र मसलालगायत रहेका छन् ।

बैंकले विदेशी मुद्राको घट्दो सञ्चितिलाई जोगाउन आयातलाई सीमित गर्ने उद्देश्यले ऋणपत्रको व्यवस्थापनका लागि सुरूआती सीमा दर ७५ प्रतिशत कायम गरेको छ । एलसी सीमा दरलाई उत्पादनका लागि सबैभन्दा कमस्तरमा राख्दा खाद्य पदार्थको मूल्यवृद्धिमा कमी आउने र रमजानको समयमा खुद्रा मुद्रास्फीति कम गर्न मद्दत पुग्ने बैंकले जनाएको छ ।

बंगलादेशको मुद्रास्फीति अगस्टमा १० वर्षयताकै उच्च ९.५२ प्रतिशतमा पुगेको थियो भने अक्टोबरमा ८.९१ प्रतिशत रहेकोमा नोभेम्बरमा घटेर ८.८५ प्रतिशतमा झरेको छ । नोभेम्बर, अक्टुबर र सेप्टेम्बरमा देशको मुद्रास्फीति दरमा क्रमशः कमी आएको छ । मूल्य वृद्धिको कारण रूस युक्रेन युद्ध, कोभिडका कारण थला परेको अर्थतन्त्र व्यवस्थापन, ऊर्जा सफ्टलगायतलाई मानिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x