सोलुखुम्बु । सोलुखुम्बुको कृषि उत्पादनको उद्गम थलोमध्येका एक थुलुङ दुधकोशी गाउँपालिका ८ रणेम क्षेत्रका कृषक बाँदर आतङ्कका कारण हैरान भएका छन् । केही वर्षयता सो क्षेत्रमा बढेको बाँदर आतङ्कका कारण कृषकलाई आक्रान्त बनाएको छ ।
रणेम दिप्लीका कृषकहरुका लागि यतिखेर मुख्य चुनौती बाँदर बनेको छ । झरी, घाम पानी नभनी लगाएको बालीमा कृषकले अहिले दैनिक बाँदरको आतङ््क सहन कृषक बाध्य रहेको स्थानीय निर कुमार राईले बताए । जंगलबाट हुल बाँदेर आउने रातो बाँदरले केरा, सुन्तलालगायतका फलफूलदेखि अन्नबालीहरु समेत सखाप पार्ने गरेको दिप्लीकै रत्न कुभिर राईको दुखेसो छ । कोशीवारि रहेको यो क्षेत्रलाई माप्यदुधकोशीको वाकुसँग जोड्न इंखु खोलामा पुल थापेसँगै वाकु जंगलको बाँदरहरु दिप्ली क्षेत्रमा प्रवेश गरेको कृषक बताउँछन् । जंगलबाट आएका बाँदरहरुले सुन्तला, कोदो, धान, दाल, मास, भटमासलगायतका बाली सखाप पार्नुका साथै घरभित्र समेत प्रवेश गर्न थालेको कृषक राजकुमारी राईको भनाइ छ ।
दिप्ली क्षेत्रमा करिब एक वर्षयता बाँदर आतङ्क अत्यधिक बढेको स्थानीय बताउँछन् । वर्षभरि दुःख गरेर लगाएको खेती जंगली जीवजन्तुले क्षणभरमै सखाप पार्न थालेपछि कृषक खेतीयोग्य जमिन नै बाँझो राख्ने मनस्थितिमा परेका छन् । रोग कीराको प्रकोप र अहिले जंगली जीवजन्तुको आतङ्कका कारण किसानलाई खेतीकिसानी गरेर बाँच्न निकै सकस भएको छ । जसले गर्दा कृषक खेतीप्रति निरुत्साहित बन्दै गएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया