काठमाडौं । नेपाल हस्तकला महासंघद्वारा आयोजित १९औँ हस्तकला व्यापारमेला तथा १७औँ हस्तकला प्रतियोगितामा १० करोड रुपैयाँबराबरको हस्तकलाजन्य सामग्रीको कारोबार भएको भएको छ ।
राजधानीको बौद्धस्थित होटल हायात रिजेन्सीमा पाँच दिनसम्म सञ्चालन भएको मेलामा बिक्री तथा बुकिङसमेत गरी उक्त रकमबराबरको कारोबार भएको मेला आयोजक समितिका संयोजक तथा महासंघ उपाध्यक्ष दिल्लीरत्न तुलाधरले जानकारी दिए । उनका अनुसार मेलाको करिब ५० हजारले अवलोकन गरेका थिए । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेर सुरु भएको मेला मंगलबार सम्पन्न भएको हो । मंगलबार मेला तथा प्रतियोगिताको अन्तिम दिन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले मेला अवलोकन गर्दै हस्तकला क्षेत्रमा योगदान पु¥याउने विभिन्न विशिष्ट व्यक्तित्वसहित हस्तकला प्रतियोगितामा पुरस्कृत कलाकारहरुलाई सम्मान र पुरस्कार प्रदान गरे । मन्त्री बडुले सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत उत्पादनमा वृद्धिः मुलुक विकास र समृद्धि विशेष अभियान सञ्चालन गरिरहेको उल्लेख गर्दै हस्तकला क्षेत्र यसको लक्ष्य प्राप्तिका माध्यम भएको बताए । उनले हस्तकला क्षेत्रका समस्या सम्बोधन गर्न तयार रहेको उल्लेख गर्दै व्यवसायीहरुसँग सरकारी लक्ष्य प्राप्तिमा हातेमालो गर्न आग्रह पनि गरेका छन् ।
मेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, वागमती प्रदेशका पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठलगायत नेपाल सरकार र प्रदेश सरकारका विशिष्ठ व्यक्तिहरुले अवलोकन गर्दै कलाकारको हौसला बढाएका छन् । यस्तै, मेलामा १० ज्येष्ठ कलाकारलाई औषधि उपचार खर्चसहित सम्मान गरिएको थियो भने महासंघको स्थापनाकाल देखि हालसम्म बहालवाला जेष्ठ ५० जना सदस्यहरुलार्ई पनि सम्मान गरिएको थियो ।
कोभिड महाामारीपछि हस्तकला व्यवसाय सङ्कटमा परे पनि मेलाले कलाकार र व्यवसायीहरुलाई पुनर्जागरण गरेको महासंघ अध्यक्ष शाक्य बताउँछन् । उनका अनुसार हस्तकलाको निकासी बिस्तारै लयमा फर्कन थालेको छ भने पर्यटक आगमनको वृद्धिसँगै आन्तरिक बजारमा पनि बिक्री हुन थालेको छ । सरकारले निकासी अनुदान तथा स्वदेशी वस्तु अनिवार्य खरिदसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सकेमा यो क्षेत्र आर्थिक विकासको मूलप्रवाह हुनसक्ने उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया