वसन्तपुर दरबार क्षेत्रमा भिभोको रक्तदान कार्यक्रम
काठमाडौं । भिभोले वसन्तपुर दरबार क्षेत्रमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कम्पनीले आफ्नो विभिन्न पहल र कार्यक्रमहरुमार्फत समुदाय र ग्राहकहरुको हितका लागि काम गर्दै आइरहेको छ । सोहीअनुरुप भिभोले लायन्स क्लब अफ भक्तपुर नमस्ते र कान्तिपुर ब्लड बैंकसँगको साझेदारीमा सोमबार वसन्तपुर दरबार क्षेत्रमा रक्तदान शिविरको आयोजना गरेको हो ।
उक्त रक्तदान शिविरमा भिभोका कर्मचारीहरु, भिभो फ्यान, ग्राहकहरु लगायतको उत्साहजनक सहभागिता थियो । यस कार्यक्रममार्फत, भिभोले रक्तदान गरेर जीवन बचाऔँ भनेर प्रोत्साहित तथा चेतना फैलाउने प्रयास गरेको जनाएको छ । यस शिविरमा ५० भन्दा बढी व्यक्तिहरूको सहभागिता थियो, जहाँ भिभोका कर्मचारीहरू रक्तदाता एवं स्वयंसेवकका रुपमा सहभागी थिए । कान्तिपुर ब्लड बैंकको प्राविधिक सहयोगमा शिविरको संयोजन लायन्स क्लब अफ भक्तपुर नमस्तेले गरेको थियो । यसबाहेक, रक्तदानले दुर्घटनाका घाइतेहरु, गम्भीर रोगका बिरामीहरू लगायतलाई उनीहरूको चिकित्सा उपचारको विभिन्न चरणहरूमा जीवन बचाउन सहयोग पु-याउनुका साथै रक्तदाताहरूका लागि पनि फाइदाजनक छ किनभने यसले रक्तचाप कम गर्छ र हृदयाघातको जोखिम पनि कम गर्दछ ।
भिभो नेपालका सीईओ माइकलले कम्पनीको लक्ष्य नै मानिसहरूलाई सकारात्मक रूपमा लाभान्वित र सशक्तीकरण गर्ने गतिविधिहरूमा भाग लिने र सहजीकरण गर्ने रहेको बताए । उनका अनुसार रक्तदान आपत्कालीन अवस्थामा खाँचोमा परेकाहरूको लागि महत्तवपूर्ण जीवन रेखा हो । एउटै रक्तदानले तीन जनासम्म मद्दत गर्नसक्ने अनुमान गरिएको छ । यसबाहेक, रक्तदानले रक्तदाताहरुका लागि विभिन्न स्वास्थ्य लाभहरू हृदयाघात कम गर्न, अन्य मुटुसम्बन्धी रोगहरुको जोखिम कम गर्दछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पेट्रोलियम अन्वेषण: ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकियो
- त्रिशूलीमा आठ करोडको लागतमा नयाँ पुल निर्माण
- हुथी विद्रोहीले गरे अमेरिकी युद्धपोतमा आक्रमण
- ट्रम्प प्रशासनले रोक्न नसक्ने आणविक विस्तार योजना
- फोहोर मैलाको समस्या र व्यवस्थापन
- ऊर्जामैत्री भवन निर्माणमा नीतिगत प्रस्थान
- बाकु सम्मेलनमा असम्बन्धितहरूको लर्को
- ‘सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन दिइँदैन’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया