Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंकले पायो ‘एक्सिलेन्स इन ई–कमर्स बिजनेस २०२२ अवार्ड’

कुमारी बैंकले पायो ‘एक्सिलेन्स इन ई–कमर्स बिजनेस २०२२ अवार्ड’


काठमाडौं  । कुमारी बैंकले ‘एक्सिलेन्स इन ई–कर्मश बिजनेस २०२२ अवार्ड’ पाएको छ । भिसा इन्टरनेसनलद्वारा कन्क्लेभ इनोभेसन फर डिजिटल नेपाल सम्मेलनको आयोजना भएको थियो । सोहीअनुसारको लिडर्स कन्क्लेभ सम्मेलनमा भिसा इन्टरनेशनलद्वारा कुमारी बैंक लिमिटेडलाई एक्सिलेन्स इन ई–कमर्स बिजनेस २०२२ अवार्डले सम्मान गरिएको हो । यो अवार्ड कुमारी बैंकलाई अभिनव उत्पादन र कार्ड भुक्तानी उद्योगमा उच्चतम ई–कमर्स व्यवसायको मात्रा हासिल गरेकोमा प्रदान गरिएको हो ।

आफ्नो स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसात् गर्दै अघि बढेको र आगामी दिनहरूमा पनि आफ्ना सेवाहरूको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ । बैंकले हाल देशव्यापीरूपमा एक सय ९८ वटा शाखा सञ्जाल, एक सय ९४ वटा एटीएम, ५० शाखारहित बैंकिङ इकाइ तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवा सुविधाहरू प्रदान गर्दै आएको जानकारी दिएको छ । आगामी दिनहरूमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x