दूरसञ्चार कोषद्वारा ब्रोडब्यान्ड’उपलब्ध
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोष परिचालन गरी ‘ब्रोडब्यान्ड’ उपलब्ध गराइरहेको छ । हालसम्म १८ प्याकेजमार्फत ७४ जिल्लाका विभिन्न स्थानमा जडान सम्पन्न गरी सेवा सञ्चालनमा ल्याएको छ ।
सम्पन्न भएका परियोजनामध्ये हालसम्म १० परियोजनाको मनिटरिङ तथा भेरिफिकेसन सम्पन्न भइसकेको र आठ परियोजनाको तेस्रो चरणअन्तर्गतको मनिटरिङ र भेरिफिकेसन बाँकी रहेको प्राधिकरणले जनाएको छ । त्यसैगरी सो कोष परिचालन गरी सञ्चालित परियोजनाहमध्ये भूकम्पबाट अति प्रभावित आठ जिल्लाहरू (काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुङ्गा)मा तीव्र गतिको इन्टरनेट पु-याउनेबारे ७३ गाउँपालिका/नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर भइसकेका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । सरकारले भूकम्प प्रभावित आठ जिल्लाका सबै स्थानीय तहका कार्यालय, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय, स्वास्थ्य संस्थानहरूमा क्षमता अभिवृद्धि गर्न सम्पूर्ण आधारभूत विद्यायय गरी करिब चार हजार दुई सय ५१ स्थानमा कम्तीमा २० एमबीपीएस क्षमताको ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान गरी दुई वर्षसम्म महसुलबापतको रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।
सोहीअनुरूप हालसम्म कुल ७६ मध्ये ७३ गाउँपालिका/नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । साथै भूकम्पबाट अति प्रभावित आठ जिल्ला र काठमाडौं उपत्यकाबाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा २० एमबीएस क्षमताको ब्रोडब्यान्ड सेवा जडान तथा सञ्चालन गर्ने कार्यक्रम अघि बढाइएकामा हालसम्म कुल छ सय ५६ मध्ये तीन सय २६ स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
अति प्रभावित ती जिल्लाको तोकिएका स्थानमा क्षमता अभिवृद्धि गर्ने कार्यक्रमअन्तर्गत हालसम्म चार करोड १५ लाख ३८ हजार चार सय ७९ रूपैयाँ (करबाहेक) (अग्रीम भुक्तानीसहित) भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ । साथै आठ जिल्ला र काठमाडौं उपत्यकाबाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्ने कार्यअन्तर्गत हालसम्म स्थानीय तहलाई पहिलो चरणको भुक्तानीबापत १२ करोड ८६ लाख ५३ हजार एक सय ८२ रूपैयाँ (करसहित) भुक्तानी गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पेट्रोलियम अन्वेषण: ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकियो
- त्रिशूलीमा आठ करोडको लागतमा नयाँ पुल निर्माण
- हुथी विद्रोहीले गरे अमेरिकी युद्धपोतमा आक्रमण
- ट्रम्प प्रशासनले रोक्न नसक्ने आणविक विस्तार योजना
- फोहोर मैलाको समस्या र व्यवस्थापन
- ऊर्जामैत्री भवन निर्माणमा नीतिगत प्रस्थान
- बाकु सम्मेलनमा असम्बन्धितहरूको लर्को
- ‘सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन दिइँदैन’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया