मीड सोलु जलविद्युत्ले थाल्यो परीक्षण उत्पादन
सोलुखुम्बु । सोलुखोलामा निर्माणसम्पन्न मध्य (मीड) सोलुखोला जलविद्युत् आयोजनाले विद्युत् परीक्षण उत्पादन सुरु गरेको छ । उपकरण परीक्षणको काम सफल भएपछि नेपाल विद्युत् प्राधिकरणले निरीक्षण गरेपछि गत आइतबारबाट परीक्षण उत्पादन थालेको आयोजनाले जनाएको छ ।
कम्पनीका इलेक्ट्रिकल इन्जिनियर एवं प्लाट इन्चार्ज अनिश खड्काका अनुसार अहिले आयोजनाले ४ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । १५ दिनसम्म परीक्षण गरेपछि विद्युत् बिक्रीका लागि उत्पादन थाल्ने मिड सोलु हाइड्रोपावर लिमिटेडका निर्देशक माधव मैनालीले जानकारी दिए । ९ दशमलव ५ मेगावाट क्षमताको आयोजनाले हिउँद सिजनमा पाँच मेगावाट मात्रै विद्युत् उत्पादन गर्नसक्ने निर्देशक मैनालीले बताए ।
२०७७ असोजमा निर्माण सुरु भएको १३२ केभी प्रसारण लाइन आयोजनाको पावरहाउसदेखि खोरिया हुँदै सोलु करिडोरको सबस्टेसन तिङ्लामा जोडिएको छ । दुई वर्षमै निर्माणसम्पन्न भएको अयोजनाको विद्युत् गृह सोलुदुधकुण्ड नगरपालिका ६ दोर्पुमा रहेको छ । परियोजनाको निर्माण लागत करिब दुई अर्ब रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया