Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमालयन बैंकको ‘वित्तीय साक्षरता कार्यक्रम’

हिमालयन बैंकको ‘वित्तीय साक्षरता कार्यक्रम’


काठमाडौं । हिमालयन बैंक लिमिटेडले वित्तीय साक्षारता प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मादी नगरपालिकामा यही मंसिर २३ गते शुक्रबार र पाख्रिबास नगरपालिकामा यही मंसिर २४ गते शनिबार वित्तीय साक्षरता कार्यक्रम सफलताका साथ सम्पन्न गरेको हो । सो वित्तीय साक्षरता कार्यक्रम बैंकको विराटनगरस्थित प्रदेश १ कार्यालय, मादी शाखा तथा हिले शाखाले संयुक्तरूपमा आयोजना गरेको थियो ।

बैंकको यस कार्यक्रममा विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरू, राजनितिक दलका प्रतिनिधिहरू, विद्यालयहरूका शिक्षकहरू, शिक्षा शाखा प्रमुख, व्यावसायिक, विद्यार्थीहरू तथा महिलाहरू गरी करिब ७० जनाको उत्साहजनक उपस्थिति रहेको थियो । सो कार्यक्रमबाट कार्यक्रममा उपस्थित सहभागीहरूलाई बैंक, वित्तीय साक्षरताको महत्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने, बचत गर्ने बानी सुधार गर्ने, सहुलियत पूर्ण कर्जा र त्यसमा प्राप्त गर्न सकिने अनुदान, हुण्डी र त्यसका नकरात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिका, आदिजस्ता विषयहरूमा विस्तृत ज्ञान दिएका छन् ।

बैंकले मादी नगरपालिकामा आयोजना गरेको सो कार्यक्रममा मादी नगरपालिकाका मेयर जीवन कुमार लिंग्थेप प्रमुख अतिथिका रूपमा थिए भने पाख्रिबास नगरपालिकाका मेयर ज्ञान बहादुर गुरुङ प्रमुख अतिथिका रूपमा थिए । यसैगरी बैंकका तर्फबाट प्रदेश १ का प्रदेश प्रमुख अमृत मल्ललगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x