Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसन्दर्भ यःमरि पुन्हि र ज्यापु दिवस – प्रयोग हुनबाट जोगिऔँ

सन्दर्भ यःमरि पुन्हि र ज्यापु दिवस – प्रयोग हुनबाट जोगिऔँ


काठमाडौं । ‘यःमरि पुन्हि’लाई ज्यापु दिवसको रूपमा मानाउने परम्परा प्रजातन्त्र स्थापनापश्चात नेपाल सरकारले मान्यता दिएको हो । १९औँ राष्ट्रिय ज्यापु दिवस हिजो देशभरि हर्ष उल्लासका साथ मनाएको छ । बिहान काठमाडौं महानगरका स्थानीय ६३ टोलका ज्यापु समुदायले आ–आफ्ना परम्परागत पहिरन, महिलाले ‘हाकु पतासी’ तथा पुरुषले “तःपालँ“, बाजागाजा, नाचगानसँगै सिंगारिएको यःमरिसहित सहर परिक्रमा गरेको थियो ।

बसन्तपुरमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । प्रमुख अतिथि प्रधानमन्त्रीले ज्यापु समुदायका जात्रा, पर्व, सम्पदा, सांस्कृतिक गतिविधिहरू, कला र कौशलहरू राष्ट्रको अमूल्य स्रोत भएको उल्लेख गर्दै त्यसको संरक्षण गर्नुपर्ने बताए ।

कार्यक्रममा अरु वरिष्ठ सहभागीहरूले पनि ज्यापु दिवसको उपादेयिताबारे आ–आफ्नो धारणा राख्ने क्रममा ज्यापु समुदायले काठमाडौं उपत्यकाको सम्पदा, कला, संकृति, गीत, संगीत, गुठीको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्दै पर्यटन क्षेत्र विकासमा योगदान पु-याएकोमा प्रकाश पारे र नेपाललाई विश्वसामु चिनाउन पुर्खाले स्थापित गरेको मौलिक संस्कृतिलाई लोप हुन नदिन सजक हुन आग्रह गरे । यःमरि खानाको आफ्नै महत्व रहिआएको पाइन्छ । खासगरी कृषि तथा किसानसँग जोडिएको यो खाना नयाँ धान र चामलसँग सम्बन्ध रहेको छ। नयाँ चामलको आगमनसँगै यःमरि बनाई पर्वको रूपमा खाने चलन रहेको छ । हाल यो पर्व सम्पूर्ण देशवासीहरूले ग्रहण गरेको पाइन्छ ।

No description available.

ज्यापु समुदाय काठमाडौंको पुरानो रैथाने बासिन्दा हुन् । करिब छ लाखको संख्यामा रहेको यो समुदाय कृषि पेसामा आश्रित थिए भने सम्पदा, संकृति, कला, गुठी आदिको संवर्द्धन, प्रवर्द्धन र संरक्षणको अगुवाइ गर्दै आएको छ ।

बढ्दो सहरी करण र जनसंख्याको चाप तथा कृषियोग्य जमीन अर्कै प्रयोजनमा प्रयोग भएबाट यिनीहरू कृषि क्षेत्रबाट लगभग विस्थापित हुनपुगेको छ । कोही स्थानीय जन्मस्थानबाट बसाइँसराइ समेत भएको छ । आजका पुस्ता कृषिकार्यबाट वञ्चित भएको छ तर राम्रो अध्ययन गरी विभिन्न अरु पेसा, क्षेत्रमा आफ्नो योग्यता देखाउँदै आएको पाउँछौँ ।

ज्यापु समुदायले स्थानीय एवं राष्ट्रिय ठूला–ठूला पर्व, सभा, समारोहहरूमा तथा पर्यटन विकास आदिमा अन्त्यन्त ठूलो र महत्वपूर्ण भूमिका खेलेको नकार्न सकिँदैन । धेरै प्रशंसा गरेको पनि सुन्छौँ । व्यावहारिकरूपमा छिटपुटबाहेक यस समुदायबाट सरकारको उपल्लो निर्णय गर्ने निकाय र राजनीतिको माथिल्लो तहमा प्रतिनिधित्व गरेको अथवा गराइएको अवस्था हाललाई देखिँदैन ।

राम्रो शैक्षिक योग्यता भए पनि लोकसेवामा आवेदन गर्नेको संख्या नगन्ने मात्र देखिन्छ, कारण आवेदन दिनेहरू पनि सफल हुन सकेको देखिँदैन तर निजी क्षेत्र जस्तैः बैंक, आईटी, हस्पिटल, ट्राभल, होटल आदिमा ठूलो पदमा काम गरी उत्कृष्ट प्रदर्शन गरेको धेरै उदारहणहरू पाइन्छ। योग्यताको कदर नभएबाट धेरै प्रतिभाशाली युवाहरू विदेशमा पलायन भएको देखिन्छ । देशमा अरु अल्पसंख्याका समुदायहरू पनि यस्तै समस्याबाट गुज्रेको देखिन्छ । के यस विषयमा गम्भीर भएर सोच्ने बेला आएन र ? यदि यो समुदायको उठान गर्न सकिएन भने आउने दिनहरूमा हाम्रा सम्पदा, संकृति, कला, गुठी आदि क्षेत्रमा पुग्ने अपूरणीय क्षतिको जिमेवारी कसले लिने ? यस समुदायको सहभागिता खालि सभा, समारोह आदिमा मात्र सीमित नहोस् ।

No description available.

देशका विभिन्न जिल्लाबाट बसाइँसराइ गरी काठमाडौंमा बसोबस गरेबाट यी समुदाय आफ्नै जन्मथलोमा नै अल्पसंख्यामा पुगेको छ । राजनीतिमा हेर्दा तल्लो इकाइमा धेरै सहभागिता देखिन्छ । तर जति–जति माथिल्लो तहमा जाने क्रम आउँछ यिनीहरूलाई पाखा लगाइन्छ। गएको स्थानीय निकायको निर्वाचनमा केही वडा अध्यक्ष स्तरसम्म मौका दिइयो भने हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौंको १० मध्ये एक ठाउँबाट पनि प्रतिनिधि गर्ने अवसर दिइएन । समानुपातिकमा एक जना पनि परिएन । के उपयुक्त विषय, प्रतिभाशाली, योग्य, अनुभव नभएर हो ? ठूला दलहरूले चाहेको यही नै हो ? खालि झोले मात्र बनाउने ? के यस समुदायलाई ‘प्रयोग गर्नु र फ्याँक्नु अपनाएको हो ?

निर्वाचनको नतिजा सोचेको भन्दा फरक आउनुको एउटा कारण यो पनि मान्न सकिन्छ। सम्बन्धित सबैको समयमै ध्यान जाओस् । ज्यापु समुदाय, ज्यापु गुठी र नायःहरूले पनि आफ्नो शक्ति बुझ्नुप-यो, सजग र होसियार भई संयुक्तरूपमा आफूले सक्ने गर्ने र आफ्नो हकहितको लागि नेतृत्व प्रदान गर्न ढिला भइसकेको छ । प्रयोग हुनबाट जोगिऔँ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x