Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपाँच पटकभन्दा बढी सवारीनियम उल्लंघन गर्ने चालकको लाइसेन्स निलम्बन

पाँच पटकभन्दा बढी सवारीनियम उल्लंघन गर्ने चालकको लाइसेन्स निलम्बन


काठमाडौं । ट्राफिक प्रहरीले पाँच पटकभन्दा बढी सवारीनियम उल्लंघन गर्ने चालकको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निलम्बन गर्ने भएको छ । प्रहरीले मंसिर महिनामा मात्रै ६० वटा सवारीचालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको जनाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पाँच (५) पटकभन्दा बढी उल्लंघन गरेको पाइएकोले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारीचालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको हो । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पाँच पटकभन्दा बढी सवारीनियम उलंघन गरेकाले यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाहीका लागि यातायात व्यवस्था विभाग पठाइएको जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै कारबाही पर्नेमा एक जना ४४ पटक त्यसपछि क्रमशः एक जना ३५ पटक, तीन जना २४ पटक, एक जना १४ पटक, सात जना १२ पटक, दुई जना सात पटक, र ४५ जना छ पटक पक्राउ परेका सवारीचालक रहेका छन् ।

पक्राउ परेकाले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसुर गरेको पाइएको प्रवक्ता भट्टले बताए । ट्राफिक नियम उल्लंघन गरिरहने चालकबाट नै सवारी दुर्घटना बढी हुनेगरेको सो कार्यालयले जनाएको छ । सवारीचालक यसअघि पनि पटक–पटक कारबाहीमा परेको समेत काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x