समृद्धि फाइनान्सद्वारा बनेपामा न्यानो लुगा वितरण
काठमाडौं । समृद्धि फाइनान्सले बुधबार बनेपामा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले बनेपा वडा न. ८ मा रहेको चैतन्य माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरेको जानकारी दिएको छ ।
सो कार्यक्रमअन्तर्गत २६ जना विद्यार्थीहरूलाई यस संस्थाका प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र चैतन्य माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीमती निशा देवी मानन्धरको उपस्तिथिमा ज्याकेट वितरण गरिएको संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् । फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यहरू गर्दै आएको जनाएको छ । फाइनान्सले तीन महिनाको मुद्दती निक्षेपमा सर्वाधिक १३ प्रतिशत र बचत निक्षेपमा अधित्तम १० प्रतिशतसहित आकर्षक ब्याजदरसहितका विभिन्न बचत खाताहरू समेत सञ्चालनमा ल्याएको छ । फाइनान्सले मुद्दती निक्षेपको योजना अन्तरगत ६६ महिनामा पैसा दोब्बर हुने मुद्घति निक्षेप योजना र यसका साथ साथै फाइनान्सले आठ वर्ष नौं महिनामा पैसा तेब्बर, १२ वर्ष १० महिनामा पैसा पाँच गुणा र १६ वर्ष छ महिनामा पैसा आठ गुणा हुने मुद्दती निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ । फाइनान्सले हाल आठवटा शाखाबाट सेवा प्रवाह गर्दै आएको जनाएको छ ।
यसैबीच फाइनान्सले जनकपुर वडा न. ८ मा रहेको जानकी वृद्धा आश्रममा वृद्धवृद्धालाई कम्बल वितरण गर्ने कार्यक्रम आयोजना गरेको थियो । यस कार्यक्रमअन्तर्गत २० जना वृद्धवृद्धालाई फाइनान्सका जनकपुरशाखा प्रमुख अमर चौधरी रजानकी वृद्धाआश्रमका कोषाध्यक्ष ललित बजाजको उपस्तिथिमा कम्बल वितरण गरिएको फाइनान्सका व्यवसाय प्रवर्द्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया